बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश सरकारविरुद्धको मुद्दालाई अग्राधिकार, भदौ १५ गते पूर्ण सुनुवाइ

बिहीबार, ०७ भदौ २०८०, १८ : ५८
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्धको मुद्दालाई अग्राधिकार दिएको छ । बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सुनुवाइ गर्दै भदौ १५ गते पूर्ण सुनुवाइका लागि पेशी तोकेको हो । 

कोशी सरकारको विषयको छिटोछरितो निरूपण गर्नुपर्ने भएकाले पूर्ण सुनुवाइका लागि १५ गते अग्राधिकार दिएर पेशी तोक्न सर्वोच्चको आदेशमा भनिएको छ ।

सोमबार प्रदेशसभामा विश्वासको मत लिँदै मुख्यमन्त्री उद्धव थापालाई सभाको अध्यक्षता गरेका व्यक्तिले मत दिएपछि एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

उक्त रिटमा बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले मुख्यमन्त्री थापाको विश्वासको मतलाई मान्यता दिन अस्वीकार गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप