बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

कित्ताकाट खुलेपछि घरजग्गा व्यवसायीले खोजे बैंकको साथ

बिहीबार, ०७ भदौ २०८०, १८ : ०१
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । सरकारले लामो समयदेखि रोकेर राखेको कित्ताकाट खोलेपछि घरजग्गा व्यवसायीले बैंकहरुको साथ खोजेका छन् । कित्ताकाट खोल्ने सरकारको निर्णयपछि घरजग्गाको कारोबार बढाउनका लागि व्यवसायीहरुले वाणिज्य बैंकहरुको साथ खोजेका हुन् ।

यसका लागि नेपाल जग्गा तथा आवास विकास महासंघले नेपाल बैकर्स संघका पदाधिकारीसँग छलफल गरेका छन् । घरजग्गाको कारोबार बढाउने र अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसहित महासंघका प्रतिनिधिले बैंकर्ससँग छलफल गरेका हुन् । 

त्यसक्रममा धितो र कर्जाको अनुपात, जग्गा तथा घरको बजार मूल्य निर्धारणका सूत्रहरु, घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दाको प्रिमियम लगायतका विषयमा छलफल भएको थियो । यस्तै, डिपोजिटको ब्याजदर र जग्गाको हदबन्दी गरी विभिन्न ५ विषयमा छलफल भएको महासंघले जनाएको छ ।

अध्यक्ष भेषराज लोहनीले कर्जा र धितोको अनुपात (लोन टु भ्यालु रेसियो) ७० प्रतिशत पुर्‍याउनुपर्ने, घरजग्गा बजार मूल्यमा एकरुपता कायम गर्न त्यस्तो मूल्य निर्धारण गर्ने सूत्र एउटै हुनुपर्ने बताएका थिए । यस्तै, घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा तोकिने प्रिमियम दर कम हुनुपर्ने लगायतका विषय लोहनीले उठाएका थिए ।

बैंकर्स एसोसिएशनका अध्यक्ष सुनिल केसीले संयुक्तरुपमा पहल गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप