सरकारले धीरेन्द्र शास्त्रीलाई बोलाएर नेपालमा धार्मिक द्वन्द्व गराउन खोज्यो : अमरेशकुमार सिंह

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सरकारले धीरेन्द्र शास्त्री बागेश्वरबाबा धामलाई निमन्त्रणा गरेर धार्मिक द्वन्द्व गराउन खोजेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले प्रधानमन्त्री र पुरै मन्त्रीमण्डललाई भारतमा गेरुवाबस्त्र धारण गराएपछि नेपालमा भारतीय बाबाहरुको लर्को लागेको बताए ।
उनले भने,‘प्रधानमन्त्रीकै निम्तो हो कि हैन बुझ्नैपर्छ, म सरकारसँग सोध्न चाहन्छु, एउटा धीरेन्द्र शास्त्री आउनुभयो, उहाँले कति सभ्य भाषा बोल्नुभयो आम जनतालाई थाहा छ । यहाँ सरकारले धार्मिक दंगा गराउन खोज्दैछ ।’
सांसद सिंहले अगाडि भने–‘अर्को फेरि मुरारी बापुपनि आउँदै हुनुहुन्छ । म सरकारसँग सोध्न चाहन्छु कि भोलि बुद्धिष्ट भिक्षु आउँदाखेरी त्यस्तो सुरक्षा अगाडि पछाडि दिन मिल्छ कि मिल्दैन ? भोलि मुसलमानको मौलना आउँदाखेरी त्यति छुट हुन्छ कि हुँदैन ? भोलि क्रिष्चियनको पोप आउँदाखेरी...किनकि नेपालको संविधान धर्मनिरपेक्ष संविधान हो । प्रधानमन्त्रीलाई छुट छैन कि धर्मतिर लैजाने । अहिलेको सरकार देशलाई धार्मिक जातीय दंगातिर लगिरहेछ ।’
उनले जुन देश जातीय र धार्मिक द्वन्द्वमा जान्छ त्यो देशमा वर्षौसम्म द्वन्द्व हुने बताउँदै आज मधेस धार्मिक द्वन्द्वको चपेटामा पर्न लागेको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?