बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाई गोरु काटेर मणिपुरमा जस्तै जातीय–धार्मिक युद्ध गराउन खोजिँदैछ : दीपकबहादुर सिंह

बिहीबार, ०७ भदौ २०८०, १५ : १०
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले राष्ट्रिय जनावर गाई काटेर भोजभतेर गरेर मिडियामा समेत देखाउन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले सो घटना कुनै तत्त्व वा बाहिरी शक्तिको प्रभावमा भएको आशंका व्यक्त गर्दै यो घटनाबारे सरकारले एक शब्द बोल्न नसकेको टिप्पणी गरेका छन् । 

सांसद सिंहले भने–‘यदि यही निहुँमा धार्मिक द्वन्द्व, जातीय द्वन्द्व भयो भने के हुने होला ? कसैले, हामी माननीयहरूले पनि यसप्रति सोचेका छौँ ? सरकारले संविधान अनुसार अघि बढ्नुपर्छ । हिजोका दिनमा तपाईँहरूले जे संविधान बनाउनुभएको थियो, त्यो अनुसार कानुन लागू गर्नुस् । भारतमा पटक पटक धार्मिक द्वन्द्व भएको हामीले पटक पटक देखिरहेका छौँ, जातित्व द्वन्द्व भइरहेको छ ।’

उनले भारतको मणिपुरमा जातीय, धार्मिक द्वन्द्व भएको बताउँदै नेपालमा पनि त्यही अवस्था ल्याउन खोजेको हो भन्दै प्रश्न गरेका छन् । यदि नेपालमा पनि यस्तै द्वन्द्व भयो भने के हुन्छ भन्ने बारेमा सांसदहरु र सरकारले केही नसोचेको भन्दै नसोचेको नरसंहारको खतरा रहेको बताए । 

उनले गाई गोरु काट्नेमाथि नेपालको कानुनअनुसार कारबाहीको माग गरेका छन् । सरकार सुन तस्करी र सरकारी जग्गा हत्याउनेतिर मात्र सरकार लागिपरेको भन्दै यदि नेपालमा जातीय युद्ध भयो भने माओवादी जनयुद्धको भन्दा धेरै नेपाली मारिने अवस्था सिर्जना हुनेतर्फ ध्यानाकर्षण गराए । त्यो हुन नदिनका लागि सबै सांसदहरु सचेतक हुनका लागि उनले आग्रह गरे । उनले नेपाली सेनाको संख्या घटाउन नहुनेमा जोड दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप