संसदमा मन्त्री नदेखेपछि सूर्य थापाले भने–‘सदनको घनघोर अपमान भो’
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले प्रतिनिधि सभाको बैठकमा सरकारका प्रधानमन्त्री, मन्त्री सहभागी नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा सभामुखको ध्यानाकर्षण गराउँदै थापाले संसदमा मन्त्रीको उपस्थिति नहुनु घनघोर अपमान भएको टिप्पणी गरेका छन् ।
उनले भने–‘सरकार हरायो सभामुख महोदय, सरकार खोजीपाँउ । मन्त्रीहरू बेगर यो सदनको कारबाही अगाडि बढ्न सक्दैन । प्रतिनिधि सभा नियमावली अन्तर्गत म सभामुख महोदयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, प्रधानमन्त्री र २५ जना मन्त्रीहरू मध्ये १ जना पनि यो सदनमा नदेखिनु यो घनघोर अन्याय हो, अपमान हो यो सदनको म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद थापाले ध्यानाकर्षण गराउँदा गराउँदै राज्यमन्त्री नन्दा चपाई सभाहलमा प्रवेश गरेकी थिइन । सभामुख घिमिरेले मन्त्री बैठकमा आइसकेकोले अब बैठक नियमित अगाडि बढ्ने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई दण्ड र जरिबानाको तरबार !
-
चितुवाको छालासहित युवक पक्राउ
-
राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी
-
नेपाली कामदारलाई लक्षित गरी मलेसियामा बीमा सम्बन्धी अन्तरक्रिया
-
‘सङ्क्रमणकालीन न्याय निरूपणका बाँकी काम शीर्ष तीन नेताको सहमतिबिना अगाडि बढ्न सक्दैन’
-
एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त