कांग्रेसले शुक्रबार पार्टी कार्यालय बन्द गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य डा.राजराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकले कार्कीको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारितको निर्णय गरेको हो ।
कांग्रेस कार्कीको सम्मानका लागि भदौ ७ र ८ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार भदौ ८ गते शुक्रबारका दिन कांग्रेसले केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने छ । कार्की स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने पौडेलले बताए ।
सोही सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ । कांग्रेसका पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेश सभाका पूर्व सदस्य, कांग्रेस धादिङका पूर्व सचिव, नेपाल तरुण दलका पूर्व महासचिव र पार्टीका महासमिति सदस्य समेत रहका डा. कार्कीको बुधबार निधन भएको थियो ।
मुख्यसचिव पौडेलका अनुसार पशुपति आर्यघाटमा उनप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर