अस्ट्रेलियाले किन गर्यो समीक्षा अधिकारीको भिसा रद्द ?

काठमाडौँ । गायिका समीक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द भएको पाइएको छ । उनले यसअघि नै पाएको एक वर्ष अवधिको भिसा रद्द भएको हो ।
आखिर उनको भिसा रद्द किन भयो त ? यसको कारक उनकी दिदी भएको बताइएको छ । फागू पूर्णिमामा अस्ट्रेलिया यात्राको क्रममा उनले आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई लिएर गएकी थिइन् । फर्किँदा उनले दिदीलाई उतै छोडेर आएको कारण अहिले भिसा रद्द भएको बताइन्छ ।
समीक्षा अहिले फेरि तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रमका लागि अस्ट्रेलिया जाने तयारीमा थिइन् । उनको एक वर्षको भिसा भएकाले उनले फेरि आवेदन दिनुपर्ने थिएन । तर, समीक्षाले फेरि आफू १८ वर्ष नपुगेकोले केयर टेकरको आवश्यकता पर्ने भन्दै आवेदन दिएकी थिइन् ।
केयर टेकरको रूपमा लैजान लागेको व्यक्तिको भिसाका लागि आवेदन गर्दा पहिले लगेको केयर टेकर उतै छाडेको कारण नेपालस्थित अस्ट्रेलियन दूतावासले उनको भिसा नै रद्द गरिदिएको बताइएको छ ।
समीक्षाले अब तत्काल भिजा पाउँछिन् वा पाउँदिनन् त्यो भने अहिले बाहिर आएको छैन । यस विषयमा समीक्षा पनि मौन छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
कोहलीको शतक, पाकिस्तान पराजित
-
नयाँ बसपार्कबाट खैरो हेरोइन सहित भारतीय दम्पती पक्राउ
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको राजीनामा मागदेखि नयाँ सुरक्षा चुनौतीबारे रणनीतिमा सेनासम्म
-
काठमाडौँ महानगरका मेयर र उपमेयरसँगको छलफलपछि प्रधानाध्यापकहरू उत्साहित
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा