विश्वप्रकाशलाई विष्णु रिमालको जवाफ : मित्रहरू, संवेदनशील विषयमा ‘ठट्टा’ नगरौँ कि !
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले उच्चस्तरीय जाँचबुझ आयोग गठनको सहमतिलाई सत्तारुढ दलकै नेताले ठट्टाका रूपमा लिएको भन्दै यस्तो संवेदनशील विषयमा ठट्टा नगर्न चेतावनी दिएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै रिमालले छानबिन आयोग बन्ने सहमतिलाई ठट्टा गर्दा महँगो पर्ने चेतावनी समेत दिएका छन् ।
बुधबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आयोग गठनको विषयलाई लाज छोप्ने रङिन टालोको संज्ञा दिएका थिए । शर्माको सोही प्रतिक्रियाप्रति सङ्केत गर्दै एमाले उपमहासचिव रिमालले उनको नाम नलिई सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै प्रभावशाली नेताले ‘सहमति विपक्षलाई छक्क्याउने रङिन टालो’ भन्दै बिल्ला हान्नुले साथीहरूको नियतमा खोट भएको टिप्पणी गरेका हुन् ।
बुधबार सुन तस्करीको विषयमा छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने प्रमुख दलहरुबीच सहमति भएको थियो ।
सो सहमतिपछि बुधबार संसद् बैठकबाट बाहिरिँदै गर्दा महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रङिन टालो भएको टिप्पणी गरेका थिए । शर्माको सोही भनाइप्रति रिमालले आपत्ति जनाएका हुन् ।
रिमालले बिजुली चुरोटको नाममा ल्याएको सुन पहिले छक्क्याउनु र लिलाम गरी ‘माल’किन्न प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षको सहजीकरणमा परिवारका मानिस नै तम्सिएको र चुरोट त सुन पो रहेछ भन्ने सूचना लिक हुँदा नहुँदै सुन गायब पारिएको दाबी समेत गरेका छन् । रिमालले भनेका छन्, ‘अहिले यत्ति चाँहि भनौँ– मित्रहरू, यस्तो संवेदनशील विषयमा “ठट्टा” नगरौँ, महँगो पर्छ है ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप