वाग्नर प्रमुख प्रिगोजिनसँगै मारिएका ९ जना को–को हुन् ?
बिहीबार, ०७ भदौ २०८०, ०९ : ५८

मस्कोको उत्तर–पश्चिम इलाकामा भएको एक विमान दुर्घटनामा वाग्नर सेनाका प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु भएको छ ।
यो विमानमा सात यात्रीसहित चालक दलका तीनजना सवार थिए । यी सबैको मृत्यु भएको छ । विमानमा सवार सबैको पहिचान गरिसकिएको छ ।
रुसको उड्डयन निकायले सात जना यात्रुको पहिचान गरी उनीहरूको नाम दिएको छ ।
प्रिगोजिनसँगै उनका नजिकका सहयोगी दिमित्री उत्किन, सर्गेई प्रोपुस्टिन, येभगेनी मकर्यान, अलेक्जेन्डर टोटमिन, भ्यालेरी चेकालोफ र निकोलाई मातुसेयेभको पनि दुर्घटनामा मृत्यु भएको थियो ।
चालक दलका सदस्यहरू क्याप्टेन एलेक्सी लेभ्सिन, को–पाइलट रुस्तम करिमोभ र उडान परिचर क्रिस्टिना रास्पोपोभा थिए ।
यस वर्ष जुनमा, प्रिगोजिनको नेतृत्वमा वाग्नरको सेनाले रुसमा विद्रोह गर्ने असफल प्रयास गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड