दीपाश्री निरौलाको जन्मदिनमा भावुक कविता लेख्दै दीपकले भने, ‘मेरो जिन्दगीको उत्कृष्ट साथी’

अभिनेता तथा निर्देशक दीपक राज गिरीले दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिँदै उनलाई आफ्नो जीवनको उत्कृष्ट साथी बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले दीपाश्रीको जन्मदिनको अवसरमा भावुक कविता पोस्ट गर्दै सो कुरा बताएका हुन् ।
उक्त कवितामा उनले दीपालाई तीन दशक अघि पहिलो पटक भेट्दाको अनुभव पनि साझा गरेका छन् । सुरुमा दीपा आफूलाई घमन्डी लागेको तर उनलाई बुझ्दै जाँदा निकै फरक पाएको बताएका छन् । यसका साथै, आफूलाई चोट लाग्दा दीपालाई दुख्ने पनि बताएका छन् ।
उनले दीपाश्रीका लागि लेखेको कविता यस प्रकार छ–
यो केटी त कस्ति घमन्डि ! मैं हूँ भन्छे !!
बोल्ने त परै जाओस हेर्दा पनि हेर्दिन !
आज भन्दा क़रीब ३ दशक अघि तिमि संगको पहिलो भेट , मलाइ आज पनि याद छ …
जसरी हामी किताबको कभर हेरेकै भरमा
पूरै बिषय अनुमान गर्छौ … ठिक त्यस्तै
तिमि प्रतिको धारणा पनि तुरून्तै बनाएको थिए मैले !
तर मलाइ थाहा थिएन यो त्यहि केटी हो
जो अरूको पिडालाइ आफ्नो सम्झेर समय बिताउछे!
ज़िन्दगीको खेलमा आफू हार्छे
तर अरूलाइ जीताउछे !!
म प्रतिको तिम्रो योगदानलाइ त
सिर्फ़ एक शब्दमा बुनेको छू ,
चोट मलाइ लाग्दा ,तिम्ले ऐआ भनेको सुनेको छू !
कमजोरी पनि भनिदिन्छू ….
यॉहा हरेकको हातमा क्यालकुलेटर छ
कॉहा फाइदा , कॉहा बेफाइदा ,
कॉहा ज़ोर छ ,कॉहा बिजोर छ
दिमागै दिमागको शहरमा तिमि ,मनको कुरा गर्छो ,
त्यसैले तिम्रो हिसाब कमजोर छ ….
मेरो ज़िन्दगीको उत्कृष्ट साथिलाइ जन्मदिनको लाखौ करोडौ र अरबौ शुभकामना……
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने