कोशी सरकारविरुद्धको रिटमा आज पेसी
बिहीबार, ०७ भदौ २०८०, ०८ : ०२

काठमाडौँ । कोसी सरकारविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजको लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएसँगै बिहीबारका लागि पेसी तोकिएको हो । कोसीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्याएको विरोधमा एमाले सर्वोच्च पुगेको हो ।
आज अन्तरिम आदेश भएमा थापा नेतृत्वको सरकार फेरि सङ्कटमा पर्ने छ । यसअघि सभामुखको हस्ताक्षरबाट बहुमत पुर्याएका थापा नेतृत्वको सरकार साउन १० मा सर्वोच्चको आदेशबाटै ढलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन