इटाली पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ
बुधबार, ०६ भदौ २०८०, २१ : २७
_khG4rPZ4xM.jpg)
काठमाडौँ । इटाली पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँको कीर्तिपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका घर भएर कीर्तिपुर बस्ने विष्णुऋषि पाण्डे छन् ।
५२ वर्षीय पाण्डेले वैदेशिक रोजगारीका लागी इटाली पठाउँछु भनेर तिर्थबहादुर थापासँग ४ लाख ५० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।
इटाली जान ८ लाख लाग्ने र मासिक १ लाख कमाई हुन्छ भन्ने आश्वासन देखाएर पाण्डेले ठगी गरेका हुन् । उनलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
नारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा