‘स्वदेशमै शिक्षा सबैको इच्छा’ नारासहित काठमाडौँमा शैक्षिक मेला हुँदै

काठमाडौँ । स्वदेशी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले शैक्षिक मेला आयोजना हुने भएको छ । स्वदेशमै शिक्षा, सबैको इच्छा भन्ने मूल नाराका साथ विगत ८ वर्षदेखि आयोजना हुँदै आएको शैक्षिक मेला यो वर्ष पनि भदौ ८ र ९ गते हुन लागेको हो ।
उक्त मेलामा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिमान्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध ५० भन्दा बढी क्याम्पसको सहभागिता रहनेछ ।
मेलामा नेपाली विश्वविद्यालयमा पढाई हुने र विश्व बजारमा माग भइरहेका विभिन्न विषयहरू बीबीए, एमबीए, एमएचएम बिआईटी, बिआईएम, बिएचएम, बिएचसिएम, बिटिटिएम, बिबिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी सिएसआईटी, बिडेभ्स लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइनेछ । त्यसका लागि विद्यार्थीहरूले कुनै पनि शुल्क नलाग्ने आयोजक भिजन मिडिया इनकर्पोरशनका निर्देशक तारामान रावलले जानकारी दिए ।
शैक्षिक मेला भदौ ८ र ९ गते बिहान १० देखि साँझ ५ बजेसम्म काठमाडौँको दरबारमार्गमा रहेको अन्नपूर्ण ब्यांकुटमा सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो
-
नेमकिपाको महाधिवेशन : बिजुक्छेंको राजनीतिक प्रशिक्षण, १९ गते नयाँ नेतृत्व चयन
-
काठमाडौँमा चिनियाँ राष्ट्रपति सीले अघि सारेका विचारबारे छलफल
-
बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते