टीकापुर घटनामा मारिएका बालक टेक बहादुरको सालिक स्थापना

धनगढी । टीकापुर घटनामा ज्यान गुमाएका ३ वर्षे बालक टेक बहादुर साउँदको सालिक स्थापना गर्न लागिएको छ ।
२०७२ भदौ ७ गते थरुहट/थारुवान आन्दोलनको क्रममा टीकापुर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा गोली लागेर साउँदको मृत्यु भएको थियो । नागरिक उन्मुक्ति पार्टी र टेक बहादुर साउँद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा टेकबहादुरको सालिक स्थापना गर्न लागेको हो ।
घटनाको ८ औं स्मृति दिवसको अवसरमा भोलि सो सालिकको विधिवत् रूपमा अनावरण गर्ने कार्यक्रम रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका नेता रेशमलाल चौधरीले जानकारी दिए । आज सो सालिक ठड्याउने काम भएको उनको भनाइ छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी, टेक बहादुर साउँदका बाजे जङ्ग साउँद र बुवा आमाले संयुक्त रूपमा अनावरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
-
वर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन: मन्त्री यादव
-
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
-
कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध
-
हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सलको उपाधि
-
प्रदेश प्रमुख र मुख्यमन्त्रीविरुद्धको रिट हेर्न नभ्याइने