प्रदीप यादवको प्रश्न : हवाई र स्थलमार्गको भन्सार करमा विभेद किन ?

काठमाडौँ । जसपाका सांसद प्रदीप यादवले सीमा नाकाबाट १ सय रुपैयाँभन्दा बढी मूल्यको सामान आयात गर्दा भन्सार कर लगाउने नियम व्यवहारिक नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो नियमलाई परिमार्जन गर्नुपर्ने बताएका हुन् ।
हवाई मार्ग भएर आउनेहरूका लागि २–३ लाखको मोबाइलमा समेत कर नलगाउने गरिएको भन्दै स्थलमार्गबाट १ सयभन्दा बढी मूल्यको सामानमा कर लगाइनु व्यवहारिक नभएको उनको भनाइ थियो ।
‘हवाईमार्ग भएर आउने नेपालीले २ –३ लाखको मोबाइल सहजै ल्याउन सक्छन् । तर स्थलमार्गबाट १ सयभन्दा महंगो सामान ल्याउँदा कर लगाइन्छ । किन यस्तो विभेद् ? यसले सीमा क्षेत्रमा समस्या निम्त्याएको छ,’ यादवले भने ।
भन्सारमा आयात कडाइ गरिँदा स्थानीय स्तरमा झगडा लगायत समस्या उत्पन्न हुने गरेको उनको भनाइ थियो । साथै सीमा क्षेत्रका बासिन्दालाई हरेक दिन सीमापार गरी भारत आउजाउ गरिरहनुपर्ने भन्दै उनले सीमा कडाइको सवालमा व्यवहारिक बन्नुपर्ने बताए ।
यसैबीच मधेसका हस्पतालहरूमा डेंगीका बिरामीले शय्या भरिएको भन्दै अस्पतालमा शय्या बढाउन पहल गर्नुपर्ने सांसद यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु