योगेशलाई देवेन्द्रको जवाफ : गाडी सीप भएकाले चलाउने हो, बीचमै हाइज्याक भए दुर्घटना निम्तिन्छ

काठमाडौँ । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सीप नभएका मानिसले गाडी चलाएमा दुर्घटनाबाहेक केही ननिम्तिने जिकिर गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले सीआईबीको गाडी बीचमै ‘यु र्टन’ भएको, ‘हाईज्याक’ गरेर स्वतन्ततापूर्वक काम गर्न नदिएको आरोप लगाएपछि पौडेलेले सो जवाफ फर्काएका हुन् ।
‘पूर्ववक्ता साथीले सिआईबीको गाडी बीचमै यु टर्न भएको, स्वतन्त्रपूर्व काम गर्न नदिएको भन्नुभयो’, भट्टराईलाई जवाफ फर्काउँदै उनले भने, ‘गाडी सीप भएकाले मात्र चलाउने हो । सीप नभएकाले बीचैमा ‘हाइज्याक’ गरी चलाएमा त्यसले दुर्घटनाबाहेक केही निम्तिँदैन ।’
छानबिन समितिको प्रतिवेदन बनेपछि राज्यका निकायलाई मनोबल गिर्ने गरी काम गर्न नहुने उनको भनाइ छ । राष्ट्रिय दलहरूबीच संसद् अवरोध हटाउन आज २ बुँदे सहमति भएपछि एमालेले संसद्को अवरोध हटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)
-
शिक्षक नेताहरूलाई वार्तामा जाँदा आफ्नै आन्दोलनरत शिक्षकहरूबाट डर !
-
एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब
-
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतान्तरले विजयी
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !
-
सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबिच विवाद