प्रतिकूल मौसमले हवाई उडानमा समस्या

काठमाडौँ । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेकोे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएकोे जानकारी दिए । आन्तरिक उडान रोकिए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उनले उल्लेख गरे । विभिन्न गन्तव्यमा उडान रद्ध भएको एयरलाइन्स कम्पनीले जनाएका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका
अनुसार सुर्खेतको दुई र तुम्लिङटार गन्तव्यको एक उडान रद्द भएको छ । पोखराबाट भरतपुर र पोखरा–नेपालगञ्जको सबै उडान रद्द गरिएको छ ।
काठमाडौँ–पोखरा गन्तव्यको उडान सामान्य असर परे पनि केहीबेर अघिदेखि पुनः उडान सञ्चालन गरिएको उनको भनाइ थियो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ । आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो