कार्यव्यवस्था परामर्श समितिको बैठक : सहमतिबारे सदनलाई जानकारी गराइने

काठमाडौँ । कार्यव्यवस्था परामर्श समितिको आज बुधबारको बैठक सकिएको छ । बैठकमा आज दलहरुबीच भएको सहमति उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने निर्णय भएको छ ।
यस्तै एक घण्टा ३० मिनेटको विशेष समयमा दलीय आधारमा सांसदहरुले बोल्ने पनि तय भएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले झण्डै एक महिनादेखि अवरुद्ध संसद् खुलाउन दलहरुबीच भएको सहमतिप्रति खुसी प्रकट गरे ।
उनले भने, ‘सदन खोल्न मैले पटक पटक प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग छलफल गरेको स्मरण गराउँदछु । प्रमुख सचेतकहरु, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि हामीले धेरै पटक छलफल गरेका थियौँ । तर, संसदीय व्यवस्थामा दलहरु नै प्रमुख हुन् । आजको सहमतिले पनि सदन अवरोध पनि र खुलाउन पनि दलहरुबीच नै सहमति हुनुपर्ने कुराले प्रष्ट पारेको छ ।’
उनले संसदीय गरिमालाई उच्चो राख्न सबैले प्रयत्न गर्नुपर्ने र यसमा आफू पनि प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक