इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियुले बुझायो शिक्षा मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क फिर्ता लिन माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले शुल्क वृद्धि फिर्ता लिन माग गरेको हो ।
इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको २०८० श्रावण २५ को निर्णय अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याएको थियो । उक्त प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘सर्वसुलभ रूपमा गरिब जेहेन्दार विद्यार्थीहरूको पहुँचमा नरहने गरी गरिएको शुल्क वृद्धिले सरकार नै इन्जिनियरिङ विषयमा व्यापार गर्न उद्यत रहेको पुष्टि हुन्छ,’ अनेरास्ववियु अध्यक्ष समिक बडालले मन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
शुल्क वृद्धि फिर्ता नलिए थप आन्दोलनको कार्यक्रम अघि सार्ने चेतावनी अनेरास्ववियुले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक