इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला
बुधबार, ०६ भदौ २०८०, १४ : ४९

काठमाडौँ । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ फेला परेको छ ।
मंगलबार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो ।
मन्त्रालयका अनुसार संक्रमित दुई जनामै सामान्य लक्षण देखिएको छ । उनीहरुलाई कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएसँगै अन्य नागरिकहरुलाई बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
श्वासप्रश्वास सम्बन्धी रोगको पहिचानको लागि देशभरका ४५० अस्पतालहरुले पठाएको रिपोर्ट चेकजाँच गर्दा दुई जनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो ।
इजी.५ ओमिक्रोन भेरियन्टको अंश हो । यसको पहिलो केस फेब्रुअरिमा पुष्टि भएको थियो । अगस्ट ९ मा विश्वस्वास्थ्य संगठनले इजी.५ लाई ओमिक्रोनको अर्को प्रकारको रुपमा वर्गीकरण गरेको थियो । -(सिन्ह्वा/न्युज एजेन्सी नेपाल)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु
-
ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो