‘महानगर’ अभिनयले सहर बुझ्न पाएँ : मेनुका
काठमाडौँ । अभिनेत्री मेनुका प्रधानले फिल्म ‘महानगर’ ले काठमाडौँ सहरलाई वास्तविक रुपमा देखाएको बताएकी छन् । फिल्म अभिनय सिलसिलामा आफूले पनि शहरलाई वास्तविक रुपमा बुझ्न सफल भएको उनको धारणा छ ।
‘फिल्ममा मैले खुसी नामको पात्रको अभिनय गरेको छु । अभिनय सिलसिलामा सहरको वास्तविकताबारे गहन रुपमा बुझ्न सके’, उनले भनिन् ‘मैले यो फिल्म गरेपछि समाजलाई हेर्ने मेरो दृष्टिकोण झनै फराकिलो भएको छ ।’ फिल्ममार्फत समाज अझै गहन रुपमा बुझ्न पाएकोमा उनले आफूलाई भाग्यमानी पनि ठानेकी छन् ।
‘महानगर’ आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा मेनुका प्रधानका अलवा कार्मको पनि मुख्य भूमिका छ । फिल्म मोहन राईले निर्देशन गरेका हुन् ।
फिल्म युनिटले गरेको अन्तरक्रिया कार्यक्रमा फिल्मका निर्देशक राईले फिल्मबाट आफू निकै आशावादी रहेको बताए । ‘सहरमा हुने संघर्ष,चुनौती र मानवता कम हुँदै गएको समाजको विषयवस्तु फिल्ममा पस्किएको छ’, राईले भने ‘महानगरमा दुई पात्रलाई एक दुर्घटनाले जुराएको भेटपछि एक रातमै जीवनमा परिवर्तन ल्याएको कथा छ ।’ फिल्म दर्शकले रुचाउने राईले विश्वास व्यक्त गरे ।
फिल्ममा रातको दृश्य मात्रै समेटेको छ । ३७ दिन छायांकन भएको फिल्मले हलमा रिलिज हुनुअघि नै विभिन्न पुरस्कारसमेत जितिसकेको छ । फिल्मले निफमा राष्ट्रिय फिल्म क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो । त्यस्तै, इण्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभल तथा भारतको जागरण फिल्म फेस्टिभलमा पनि ‘महानगर’ छनोट भएको थियो ।
कार्म र मेनुकाको अलवा फिल्ममा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले समेत अभिनय छ । फिल्मलाई माउन्टेन रिभर फिल्म्स र गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको हो । निर्देशक मोहन राई स्वयंको लेखन रहेको ‘महानगर’ को कार्यकारी निर्माता गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डो चम्किँदा अल नासरको जित
-
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार
-
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
-
थोरै फिल्म होस्, तर राम्रो छान्छु : वर्षा राउत