महराको नाम जोडिएको सुन तस्करीको छानबिन आयोगले गर्ने

काठमाडौँ । सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको घटनाको छानबिन अब आयोगले गर्ने भएको छ । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बुधबार बसेको बैठकमा महरा प्रकरणसहित सुन तस्करी प्रकरणका सबै विषयको छानबिन गर्न गर्नेगरी आयोग गठन गर्ने सहमति गरेको हो ।
सहमतिपत्रमा भनिएको छ- ‘विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० श्रावण २ गते ब्रेक सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम असोज ५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ ।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोटमा सुन राखेर तस्करी भएको प्रकरणमा महराको नाम पनि जोडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
-
६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण