एसिया कपअघि पाकिस्तानी कप्तान बाबर आजमको नाममा ‘नचाहेको कीर्तिमान’

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुन अब केवल सात दिन बाँकी छ । एसिया कपको १६औँ संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तानले पहिलो पटक एसिया कप खेलिरहेको नेपालसँग भिडन्त गर्दै छ ।
तर, एसिया कपअघि पाकिस्तानी टोलीका कप्तान बाबर आजमको नाममा एउटा खराब कीर्तिमान जोडिन पुगेको छ । त्यस्तो कीर्तिमान आजमले मात्र होइन कुनै पनि क्रिकेटरले आफ्नो नामसँग जोडियोस् भन्ने चाहँदैन ।
पाकिस्तानी क्रिकेटको इतिहासमा ५० ओभरको खेलमा कप्तानका रूपमा सबैभन्दा बढी ‘डक आउट’ हुने खेलाडी इमरान खान, जावेद मियादाद, अजहर अली र युनिस खान हुन् । उनीहरु कप्तानका रूपमा दुई—दुई पटक ‘डक आउट’ भएका थिए । त्यसमध्ये इमरान खान पाकिस्तानलाई एकदिवसीय विश्वकपको उपाधि जिताउने एक मात्र कप्तान हुन् ।
त्यही सूचिमा जोडिन पुगेका छन्, एसिया कप खेल्ने तयारीमा रहेका वर्तमान कप्तान बाबर आजम पनि । बाबर आजम ५० ओभरको क्रिकेटमा हालसम्म चार पटक ‘डक आउट’ भएका छन् । कप्तानका रूपमा भने उनी पनि दुई पटक ‘डक आउट’ भएका छन् ।
एसिया कपको तयारीका क्रममा अहिले पाकिस्तानले अफगानिस्तानसँग एकदिवसीय शृङ्खला खेलिरहेको छ । त्यो शृङ्खलाको पहिलो खेलमा बाबर आजम ‘डक आउट’ हुन पुगे । केवल तीन बलको सामना गरेका उनी शून्य रनमै अफगानिस्तानका बलर मजिब उर रहमानको बलमा एलबीडब्लूको धरापमा परेका थिए ।
५० ओभरको क्रिकेटमा २८ वर्षीय बाबर आजम चौथो पटक ‘डक आउट’ भएका हुन् । उक्त खेलमा पाकिस्तानले अफगानिस्तालाई एक सय ४२ रनले हराएको थियो । पाकिस्तानले अफगानिस्तानलाई केवल ५९ रनमा अलआउट गरेको थियो ।
एकदिवसीय क्रिकेटमा सर्वाधिक ‘डक आउट’ हुने खेलाडी भने पूर्वकप्तान वसिम अकरम हुन् । उनी आफ्नो सक्रिय खेल जीवनमा आठपटक ‘डक आउट’ भएका थिए । तर, कप्तानका रूपमा भने उनले यो खराब कीर्तिमानको सामना गर्नु परेन ।
यसका अतिरिक्त इन्जमाम उल हक र मोइन खान चार—चार पटक ‘डक आउट’ भएका थिए । उनीहरुले पनि कप्तानको भूमिकामा ‘डक आउट’ भएका थिएनन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?