बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका फ्लप खानहरु

बुधबार, २१ असार २०७४, १४ : ११
बुधबार, २१ असार २०७४


बलिउडमा अहिले खानहरुको दबदाबा छ । सबैभन्दा धेरै ब्लकबस्टर चलचित्र दिनेमा तीन खानको नाम अघि आउँछ । हुनतः बलिउडमा खानहरुको कमी छैन । तर, यीमध्ये केही मात्र सफल भए भने बाँकी सुपरफ्लप भए । सलमान खान, शाहरुख खान र आमिर खानलाई छाड्ने हो भने अन्य खानहरुले बलिउडमा खासै नाम कमाउन सफल भएनन् । 


आज यहाँ यस्तै फ्लप खानहरुको बारेमा चर्चा गरिएको छ :

जायद खानः
वलिउड स्टार सञ्जय खानका छोरा जायद खानले धेरै चलचित्र खेल्ने मौका पाए पनि आफूलाई स्थापित गर्न सकेनन् । उनले सन् २००३ मा चुरालिया हे नामक चलचित्रबाट डेब्यु गरेका थिए । त्यो चलचित्र सुपरफ्लप साबित भएको थियो । यसको अलवा उनले काम गरेको वादा, दस, शादी नम्बर वान, क्यास, स्पीड, तेजलगायत अन्य चलचित्र हिट हुन सकेनन् ।

फरदीन खान


फरदीन खानको फिल्मी करियर पनि फ्लप नै रह्यो । उनले सन् १९९८ मा प्रेम अगनमा बलिउडमा प्रवेश गरेका थिए । त्यसपछि उनले खेलेका जंगल, प्यार तुने क्या किया, हम हो गए आपके, खुसी, देव, प्यारे मोहन, लाइफ पार्टनरलगायत फिल्म बक्स अफिसमा असफल साबित भयो ।

इमरान खान


आमिर खानको भान्जा इमरानको डेब्यु चलचित्र जाने तु या जाने नालाई छाड्ने हो भने उनको अन्य चलचित्रले खासै राम्रो प्रदर्शन गर्न सकेन । उनको किड्न्याप, लक, ब्रेक के बाद, एक मे और एक तु, गोरी तेरे प्यार मे लगायत चलचित्र फ्लप रह्यो ।

साजिद खान


साजिद खान फिल्म निर्माता र निर्देशक मात्र नभएर अभिनेता, स्टाण्डअप कमेडियन र डिजे पनि हुन् । साजिदले झुठ बोले कौवा काटे, मे हु ना, मुझसे सादी करोगी, ह्याप्पी न्यु इयर लगायत चलचित्रमा अभिनय गरेका छन् । निर्देशकको रुपमा उनले डरना जरुरी हे, हे बेबी, हाउसफुल, हाउसफुल २, हिम्मतवाला र हमशकल्स लगायत चलचित्र आएको छ जसमा धेरै हिटभन्दा धेरै फ्लप रहेका छन् ।

फैजल खान


आमिर खानको कान्छा भाई फैजल खानको करियर पनि सुपरफ्लप रह्यो । प्यारका मौसम, मेला, बोर्डर हिन्दुस्तान की, बस्ती, चाँद बुझ गयालगायतका चलचित्रमा काम गरेका उनको कुनै पनि चलचित्रले सफलता पाउन सकेन ।

आयुव खान


दीलिप कुमारका भतिजा आयुव खानले टिभी सिरियल उतरनबाट राम्रो नाम कमाए । तर, उनको फिल्मी करियर भने फ्लप रह्यो । सन् १९९२ मा मासुकबाट करियरको शुरुवात गरेका उनले मेरी आन, सलामी, खिलौना, जियो शान से, जाने जिगर, मेला, रेवगती लगायत कयौँ चलचित्रमा काम गरेका थिए ।

सरफराज खान


कादर खानका छोरा सरफराजले आफ्नो पिताको बाटो समाते पनि त्यही अनुपातमा सफलता भने हासिल गर्न सकेनन् । उनीद्वारा अभिनित चलचित्रमा क्या यही प्यार हे, मैने दिल तुझको दिया, बाजार, वादा, मिलेंगे मिलेंगे आदि पर्दछन् ।

साहिल खान


साहिल खानले सन् २००१ मा स्टाइलबाट डेब्यु गरेका थिए । त्यसपछि एक्सक्युज मी, ये हे जिन्दगी, डबल क्रस, अलादीन, रामा द सेवियर लगायत चलचित्रमा काम गरे । तर, उनका यी चलचित्रहरु सफल हुन सकेनन् ।

कमाल राशिद खान


कमाल राशिद खान उनको एक्टिङभन्दा विवादबाट चर्चित छन् । सन् २००८ मा देशद्रोहीबाट नायक र निर्माताको रुपमा डेब्यु गरेका उनले त्यसपछि खासै कमाल देखाउन सकेनन् । उनले सन् २०१४ मा एक विलेन र सन् २००६ मा मुन्ना पान्डे बेरोजगारमा काम गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप