घट्न थाल्यो गोलभेडाको मूल्य, यस्तो छ तरकारीको मूल्यसूची
बुधबार, ०६ भदौ २०८०, १२ : २२
_FqsdjK6J67.jpg)
काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेडाको मूल्य घट्न थालेको छ । समितिको वेभसाइटमा राखिएको मूल्य सूचीअनुसार पछिल्लो केही दिनमा गोलभेडाको मूल्य निरन्तर घटिरहेको हो ।
आज कालिमाटीमा ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो १२० रुपैयाँ छ । यस्तै, ठूलो भारतीय गोलभेडाको मूल्य प्रतिकिलो १४० रुपैयाँ र सानो लोकल गोलभेडाको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ छ ।
हिजो मंगलबार ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो १२० रुपैयाँ र ठूलो भारतीय गोलभेडाको मूल्य प्रतिकिलो १५० रुपैयाँ छ । यसबाहेक, सानो गोलभेडा लोकलको थोक मूल्य ७९ रुपैयाँ प्रतिकिलो थियो ।
यसबाहेक, आज रातो आलुको मूल्य प्रतिकिलो ५१ रुपैयाँ, बन्दा ४१ रुपैयाँ प्रतिकिलो, गाजरको थोक मूल्य ११६ रुपैयाँ प्रतिकिलो काउली प्रतिकिलो ८६ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा