दुर्घटना
धादिङ बस दुर्घटना : गोताखोरसहित ४२ जना सशस्त्र प्रहरी परिचालन
बुधबार, ०६ भदौ २०८०, १२ : १६

काठमाडौँ । धादिङमा बुधबार भएको बस दुर्घटनापछि सशस्त्र प्रहरीले ४२ जनशक्ति परिचालन गरेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमाण्डमा १६ जना र बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डीएसपीको कमाण्डमा ८ जना गोताखोर सहित २६ जना सशस्त्र प्रहरिको फौज खटिएको जानकारी दिए ।
धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली पनि पुगिसकेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सत्नु जैसवारले काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन