सुदूरपश्चिममा माओवादीको कार्य विभाजन, कसलाई कुन जिम्मेवारी ?
![सुदूरपश्चिममा माओवादीको कार्य विभाजन, कसलाई कुन जिम्मेवारी ?](https://npcdn.ratopati.com/media/news/sudurpaschim-maoist_rUdm8hnngF.png)
धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिममले नेता कार्यकर्ताको कार्य विभाजन गरेको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले ३ महिने जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान अन्तरगत कार्यविभाजन गरेकाे हो ।
बैठकको निर्णयअनुसार प्रदेश इन्चार्ज खगराज भट्टलाई व्यवस्थापन कार्यालय समितिको जिम्मेवारी दिइएको छ । जसको सदस्यमा प्रदेश अध्यक्ष हरिराम चौधरी, केन्द्रीय सदस्य त्रिलोचन भट्ट, झपट साउद र रमेशसिंह धामी छन् ।
प्रचार प्रसार कार्यालय समितिको जिम्मा केन्द्रीय सदस्य ओमविक्रम भाटलाई दिइएको छ । जसको सदस्यमा दीपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा र अंजित श्रेष्ठ छन् ।
त्यस्तै बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र सँगै जिल्ला इन्चार्जहरू पनि तोकेको छ ।
कैलाली इन्चार्जमा टेकेन्द्र भट्ट, कञ्चनपुर इन्चार्जमा वीरमान चौधरी, डडेल्धुरा इन्चार्जमा हरि ज्ञवाली, बैतडीमा रामप्रसाद तिमिल्सेना, दार्चुलामा नरेन्द्र कुवर, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल, अछाममा ओमप्रकाश पुन र डोटीमा लक्ष्मीराम आचार्यलाई इन्चार्ज तोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कि हामीलाई सिद्ध्याउनु पर्छ, कि केबलकार निर्माण रोक्नुपर्छ’
-
‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकीय आकर्षणको केन्द्र बन्दै
-
संस्कृतिबाट राजनीति ‘आउट’ हुनुपर्छ
-
महिलालाई भूगोलमा आरक्षण दिनेतर्फ पनि सोच्नुपर्छ : सांसद पन्त
-
भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
-
‘विकास निर्माण गर्न नदिएर ताप्लेजुङलाई मसानघाट बनाउने हो ?’