पशुबाट मान्छेमा, मान्छेबाट पशुमा सर्ने रोग र पशु चिकित्सकको भूमिका
हाम्रो जीवनमा पशु चिकित्सकको महत्त्व कति छ भन्ने विषय सर्वप्रथम कृषकलाई बढी थाहा हुन्छ । त्यसपछि उत्पादनमा कमी आएपछि उपभोक्ताहरूलाई थाहा हुन्छ । अहिले लम्पी स्किन रोगले अस्तव्यस्त पारेको बेला किसानले पशु चिकित्सकको महत्त्वलाई अझ नजिकबाट चिनेका छन् । तर सरकारले पशु चिकित्सकलाई अझै पनि राम्रो गरी चिन्न सकिरहेको छैन । किनभने नेपालको ६६ प्रतिशत जनसङ्ख्या आश्रित यो क्षेत्रमा सरकारले पशु चिकित्सकको आपूर्तिसम्बन्धी कुनै दीर्घकालीन योजना प्रस्तुत गरेको पाइँदैन ।
हाम्रो जीवन र अर्थव्यवस्था दुवैलाई सहज रूपमा चलाउन मद्दत गर्ने आज धेरै पेसामध्येको एक हो पशुपालन । यो क्षेत्रमा कार्यरतहरूको दैनिक जीवनको व्यस्त तालिकामा जब बाधा पुग्ने गरी कुनै घटना घट्छ, अनि यी पशु चिकित्सक सेवाहरू पाउँदा निकै भाग्यमानी महसुस गर्छन् ।
पशुपालक कृषकहरू धेरैले जुनोटिक रोगबारे सुनेका छौँ । यो पशुबाट मान्छेमा र मान्छेबाट पशुमा सर्ने रोग हो । यो रोगविरुद्धको युद्धमा पशु चिकित्सक र स्वास्थ्यको भूमिकाको मूल्याङ्कन गर्ने हो भने हामीले तीनवटा आयामलाई ध्यानमा राख्नु पर्छ । पहिलो जुनोटिक रोग, दोस्रो पशु चिकित्सक र तेस्रो स्वास्थ्य । यी आयामहरूलाई एक एक गरेर बुझ्ने प्रयास गरौँ ।
रुडोल्फ विर्चो आधुनिक रोगविज्ञानका पिता हुन् । उनले १८५६ मा मानव र पशु चिकित्साबीच स्पष्ट विभाजन रेखा छैन भन्ने विषयमा जोड दिए । मानिस र जनावरहरूलाई लाग्ने साझा रोगहरू छन्, ती रोगले एकअर्कालाई सङ्क्रमित गर्न सक्छन् भन्ने कुरा उनैले पत्ता लगाए । त्यस रोगलाई रुडोल्फले जुनोटिक रोग भनेर परिभाषित पनि गरे । जुनोटिक रोगविरुद्धको युद्धमा सुरक्षाका धेरै विधि अपनाउनु पर्ने र मानव, जनावर र वातावरणीय पक्ष आपसमा अस्पष्ट रूपमा जोडिएको उनले जानकारी दिए ।
रुडोल्फ विर्चो आधुनिक रोगविज्ञानका पिता हुन् । उनले १८५६ मा मानव र पशु चिकित्साबीच स्पष्ट विभाजन रेखा छैन भन्ने विषयमा जोड दिए । मानिस र जनावरहरूलाई लाग्ने साझा रोगहरू छन्, ती रोगले एकअर्कालाई सङ्क्रमित गर्न सक्छन् भन्ने कुरा उनैले पत्ता लगाए । त्यस रोगलाई रुडोल्फले जुनोटिक रोग भनेर परिभाषित पनि गरे ।
जुनोटिक रोग सङ्क्रमणको फैलावट मानव र वन्यजन्तुको वासस्थानमा पुगेको हुन्छ । विश्वव्यापी जलवायु परिवर्तनले यसलाई थप तीव्र पारेको छ । जुनोटिक रोगहरूले विश्वका धेरै क्षेत्रलाई नराम्ररी प्रभावित पारेका छन् । यसले स्वास्थ्य तथा कृषि क्षेत्रमा आर्थिक र मानवीय क्षतिलाई बढाउँछ ।
यस्तो क्षति कम गराउन पशुपालन क्षेत्रहरूमा रोग नियन्त्रण गर्नु पहिलो उपचार हो । त्यसपछि रोग उन्मूलनका लागि तुरुन्तै आवश्यक उपायहरू अपनाउनु पर्छ । नियन्त्रण र उन्मूलनका उपाय अपनाउन सकिएन भने पशु उत्पादन, व्यापार र मानव जनसङ्ख्याको आवागमन बढ्दै जाँदा मानिसमा जुनोटिक रोग सङ्क्रमण बढ्न सक्छ ।
अहिले जुनोटिक रोगबारे अध्ययन गर्ने विभिन्न निकायहरू स्थापना भएका छन् । तिनले नयाँ क्षेत्रमा नयाँ नयाँ खालका जुनेटिक रोगहरू पत्ता लगएका छन् । तिनीहरूसँगको समन्वय र सूचना सङ्कलन कार्यमार्फत विश्व स्वास्थ्य सङ्गठनले यस्ता रोग र मानव स्वास्थ्यमा रहेका अन्य खतराहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा व्यावहारिक र प्राविधिक जानकारी दिने गरेको छ । साथै उसले जनावरमार्फत आउने त्यस्ता समस्याको समाधान खोज्न सहयोग गर्दै आएको छ ।
स्थानीय क्षेत्रमा जुनोटिक रोगहरू पशु चिकित्सकले नै उपचार, नियन्त्रण र सामना गर्दै आएका छन् । जनावर र मानव जनसङ्ख्याका लागि जोखिम कम गर्न प्रमाणमा आधारित रणनीतिबारेमा आम समुदायलाई जानकारी दिने काम उनीहरूले गर्छन् । साथै सक्रिय रोगको पहिचान गरी त्यसको व्यवस्थापनमा उनीहरू सक्रिय रहन्छन् । पशु चिकित्सकहरूले रेबिज जस्ता जुनोटिक रोगविरुद्ध अन्य जनावरलाई खोप लगाएर नियन्त्रण गर्ने काम गर्दै आएका छन् । त्यस्तै मासुजन्य खाद्यान्न मानव उपभोगका लागि सुरक्षित छ भनेर सुनिश्चित गरेर मात्र बजारमा पठाउन अनुमति दिने काम गर्छन् । सामान्य जनतालाई जैविक सुरक्षा सिद्धान्तहरूमा शिक्षित गरेर जुनोटिक रोगको फैलावटलाई प्रत्यक्ष रूपमा रोक्छन् । पशु स्वास्थ्य र कल्याणका लागि पशु चिकित्सकहरू लागेका छन् ।
जनस्वास्थ्य, वातावरणीय र पारिस्थितिक क्षेत्रहरूमा स्वास्थ्य पेसेवरहरूसँगको सहकार्यमा पशु चिकित्सकहरू जुनोटिक रोगको बढ्दो जोखिमलाई कम गर्न सक्छन् । महामारी र रोगका बारेमा विविध प्रशिक्षण दिने कार्यका लागि उनीहरूलाई आदर्शका रूपमा हेरिन्छ ।
धेरै मानिसहरू पशु चिकित्सक घरपालुवा जनावरका लागि भन्ने मात्र सोच्छन् । तर उनीहरूले बिराला र कुकुरको मात्र हेरचाह गर्दैनन्, खसी, बाख्रा, गाईभैँसीलगायत हाम्रा जीवन बचाउने पशुजन्य खाद्यान्नका विविध परिकार स्वस्थवद्र्धक बनाउने भूमिका पनि निर्वाह गर्छन् । त्यसैले यो पेसाको अनुपस्थितिमा हाम्रो सम्पूर्ण संसार विनाशकारी साबित हुन सक्छ ।
विश्व स्वास्थ्य सङ्गठन प्रमुख टेड्रोस एड्हानोमले अहिले देखिएका ७० प्रतिशत भाइरस जुनोटिक रहेको र जनावरबाट मानिसमा सरेको बताएका छन् । अर्को खतरा, अर्काे रोग कहिले देखा पर्छ भन्ने अझै थाहा छैन ।
–घरपालुवा जनावर
धेरै मानिसले घरमा बिरालो वा कुकुर पालेका हुन्छन् । ती पशुलाई समय समयमा हेरचाह आवश्यक पर्छ । तिनलाई नियमित खोप दिनुपर्छ । घाउ भए त्यसको उपचार गर्न आवश्यक पर्छ । तर कुकुरलाई सङ्क्रमण वा कुनै प्रकारको बिरामी भए पशु चिकित्सकको सहयोग आवश्यक पर्छ । योग्य र पेसेवर चिकित्सकबिना त्यसको अकालमा मृत्यु हुन सक्छ ।
–खाद्य सुरक्षा
कृषि क्षेत्रमा पशु स्वास्थ्यको ठूलो महत्त्व छ । पशुपन्छीको राम्रोसँग हेरचाह नभएमा र रोगको सिकार भएमा क्षति हुने सम्भावना बढ्छ । गम्भीर सङ्क्रामक भाइरसका कारण सम्पूर्ण जनावर नै मर्न सक्छन् । त्यसैले मांसाहारी वा दुग्धजन्य पदार्थ उपभोग गर्ने मानिसका लागि यसले निकै ठूलो प्रभाव पार्छ ।
–जुनोटिक रोगहरूको प्रसारण
जुनोटिक रोग जनावर र मानिसबीचमा सर्ने गर्छ । मानिसको हितका लागि डाक्टरहरूले आफ्नो भूमिका निर्वाह गर्छन् । तर पशुविज्ञहरू नहुँदा यस प्रकारका रोगको अनुसन्धान नै रोकिन्छ । त्यसबाट मानव र जनावर दुवैका लागि गम्भीर समस्या उत्पन्न हुन्छन् । बर्ड फ्लु जस्ता ठूला जुनोटिक रोगले खतरा निम्त्याउन सक्छ ।
–नयाँ नयाँ रोगको अनुसन्धान
जुनोटिक रोग नियन्त्रण गर्न, सम्भावित रोगहरूलाई नियन्त्रण गर्न प्रभावकारी अनुसन्धान आवश्यक पर्छ । राम्रो गरी अनुसन्धान गरिएन भने मानव स्वास्थ्य थप प्रकोपको रूपमा विस्तार हुन्छ । नयाँ खालका रोगबाट बच्नका लागि जनावरहरूमा लागेको रोगको अनुसन्धान गर्ने चिकित्सक आवश्यक पर्छ ।
यद्यपि पशु कार्यकर्ताले चिकित्सा अध्ययनमा जनावरको प्रयोगको विरोध गर्छन् । तर यो जनावरमा गरिएको मानव अनुसन्धान हो । त्यसले नयाँ भाइरसविरुद्ध चलिरहेको लडाइँमा निकै ठूलो फाइदा गर्छ ।
यस सम्बन्धमा पशु स्वास्थ्य सङ्गठनको वार्षिक कार्यकारिणी समितिको सत्ताइसौँ त्रिपक्षीय बैठकलाई सम्बोधन गर्दै महानिर्देशक गेब्रेयसेलले विगतमा यो एउटा स्वास्थ्य सिद्धान्त जति सरल देखिन्छ त्यति सहज नभएको बताएका छन् । जनस्वास्थ्य, पशु स्वास्थ्य र वातावरणका लागि एकीकृत स्वास्थ्य प्रणाली अपनाएर मात्र भविष्यमा हुने महामारीलाई रोक्न सकिन्छ । यो हाम्रो साझेदारीलाई नयाँ उचाइमा लैजाने समय हो भनेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन प्रमुख टेड्रोस एड्हानोमले अहिले देखिएका ७० प्रतिशत भाइरस जुनोटिक रहेको र जनावरबाट मानिसमा सरेको बताएका छन् । अर्को खतरा, अर्काे रोग कहिले देखा पर्छ भन्ने अझै थाहा छैन । तर के स्पष्ट छ भने जुनोटिक रोगविरुद्धको लडाइँको उद्देश्य स्वस्थ्यलाई अगाडि बढाउनु पर्छ । मानवीय क्रियाकलापले पारिस्थितिक प्रणालीमा बाधा पु¥याएर, बासस्थान अतिक्रमण गरेर र जलवायु परिवर्तनलाई बेवास्ता गरेर हामीले मानव स्वास्थ्यलाई जोगाउन सक्दैनौँ । त्यसभित्र प्रदूषण, वन विनाश, अस्वस्थ गाईवस्तुका उत्पादन र एन्टिबायोटिक दुरुपयोग, खाद्य उत्पादन, उपभोग र व्यापारको वर्तमान विधिसमेत पर्छन् ।
हामीले जनावरबाट मानवमा सङ्क्रमण हुने रोगविरुद्धको युद्ध जित्ने हो भने पशु चिकित्सक र उसको भूमिकाबारे राम्रोसँग बुझ्नु पर्छ । त्यसपछि मात्र हाम्रो जित हुन्छ ।