खडेरीका कारण श्रीलंकामा पिउने पानीको अभाव
मङ्गलबार, ०५ भदौ २०८०, २२ : १३

कोलम्बो । खडेरीका कारण करिब २५०,००० श्रीलंकालीहरूले पिउने पानीको अभाव भोगिरहेका छन् । श्रीलंकाको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले मंगलबार यस बारे सार्वजनिक जानकारी गराएको छ । डीएमसीले आफ्नो पछिल्लो प्रतिवेदनमा देशको उत्तरी र पूर्वी प्रान्तहरू खाने पानीको समस्याले सबैभन्दा बढी प्रभावित क्षेत्र भएको बताएको छ।
यसअघि श्रीलंकाको राष्ट्रिय पानी आपूर्ति र ड्रेनेज बोर्डले शुद्ध पिउने पानी आपूर्ति गर्ने क्षमता ९ प्रतिशतमा झरेकोले जनतालाई पानी कम प्रयोग गर्न आग्रह समेत गरेको थियो।
मौसम विज्ञान विभागले असोजसम्म खासै वर्षा नहुने जनाएको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन
-
सुशासन र आर्थिक विकासका लागि माओवादीलाई मधेशी जनताले साथ दिनुपर्छ – प्रचण्ड
-
रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत
-
रास्वपाको महाधिवेशन फागुनमा हुने