एमसीसी कार्यान्वयन हुन नदिने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन हुन नदिने चेतावनी दिएको छ ।
प्रजातन्त्र सुदृढीकरणको नाममा नेपाललाई अमेरिकाले सैन्य अखडा बनाउन खोजेको आरोप लगाउँदै सो पार्टीले एमसीसी कार्यान्वयन हुन नदिने चेतावनी दिएको हो ।
मंगलबार काठमाडौँमा भएको अन्तर्कियामा एमसीसी कार्यान्वयन हुन दिन देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम ल्याउने नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।
‘अमेरिकाले नेपालमा सैन्य क्याम्प राखेर भारतलाई नियन्त्रणमा राख्ने र चीनलाई ध्वस्त पार्ने गरी एमसीसीलाई इन्डो–प्यासेफिक सैन्य रणनीति (आईपीएस) अन्तर्गत एमसीसी आएको छ । यसलाई खारेज गर्नुपर्छ’, बास्तोलाले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेतले जनतालाई गुम्राहमा राखेर एमसीसी अनुमोदन गराउन भूमिका खेलेको उनले आरोप लगाए ।
उनले बुधवार राजधानीको शान्तिबाटीकामा एमसीसीविरूद्ध विरोध प्रदर्शन गर्ने पनि जानकारी दिए ।
बिस्तारै क्रान्तिकारी कम्युनिस्ट पार्टी र देशभक्तहरूबिच सहकार्य गरेर देशव्यापी आन्दोलनको कार्यक्रम ल्याउने तयारी भएको बास्तोलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल