इसरोले चन्द्रयान–३ मिसन बारे दियो नयाँ जानकारी, नयाँ तस्बिर जारी

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले चन्द्रयान–३ मिसनको अन्तिम चरणको बारेमा नयाँ जानकारी सार्वजनिक गरेको छ । इसरोले ट्विट गर्दै मिसन तालिका अनुसार चलिरहेको र उपग्रह सुचारु रूपमा अघि बढिरहेको बताएको छ ।
इसरोले ट्विट गर्याे, ‘मिसन अपरेसन कम्प्लेक्स (एमओएक्स) ऊर्जा र उत्साहले भरिएको छ ।’ यसका साथै इसरोले अवतरण अपरेसनको प्रत्यक्ष प्रसारण अगस्ट २३, २०२३ मा साँझ ५.२० बजेबाट सुरु हुने बताएको छ ।
यससँगै इसरोले १९ अगस्ट २०२३ मा ७० किलोमिटर टाढाबाट ल्यान्डरबाट लिएको चन्द्रमाको तस्बिर पनि जारी गरेको छ ।
Chandrayaan-3 Mission:
— ISRO (@isro) August 22, 2023
The mission is on schedule.
Systems are undergoing regular checks.
Smooth sailing is continuing.
The Mission Operations Complex (MOX) is buzzed with energy & excitement!
The live telecast of the landing operations at MOX/ISTRAC begins at 17:20 Hrs. IST… pic.twitter.com/Ucfg9HAvrY
यी तस्बिरहरू ल्यान्डर पोजिसन डिटेक्शन क्यामेरा (एलपिडिसी) बाट लिइएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा चार पूजा
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह