राष्ट्रिय सभा बैठकको समय परिवर्तन

काठमाडौँ । आज बस्ने राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ । मंगलबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने सङ्घीय संसद् सचिवालयले सूचना निकालेर जानकारी गराएको छ । सङ्घीय सांसदका महासचिव डा. भरतराज गौतमले १ बजेको बैठक दिउँसो ३ बजेर १४ मिनेटमा बस्ने गरी समय परिवर्तन भएको जानकारी दिए ।
प्रतिनिधि सभाको बैठक पनि आजै दिउँसो ३ बजे बस्दैछ । त्यसअघि दलहरूबिच सदन सुचारु गर्नेबारे सहमति हुँदैछ । सोमबार राति भएको छलफलमा एमालेको माग बमोजिम तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको थियो । सोही अनुसार एमाले, कांग्रेस र माओवादीका एक/एक जना नेता रहनेगरी कार्यदल गठन भएको छ । उक्त कार्यदलले आयोगको टिओआर तयार पार्ने र त्यसलाई शीर्ष नेताले अनुमोदन गर्ने तयारी छ । सोमबार भएको सहमतिअनुसार एमालेले आजबाट सदन चल्न दिने बताइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीजी र मैले दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउने अठोट गर्यौँ : प्रधानमन्त्री
-
भट्टेडाँडाबाट ठुलो परिमाणमा लागुऔषधसहित ४ जना भारतीय नागरिक पक्राउ
-
सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न : प्रधानमन्त्री
-
वीरेन्द्रनगरमा कसले चलायो गोली ?
-
स्वदेश फर्किए प्रधानमन्त्री, तस्बिरहरू
-
हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला