अपराह्न ४ बजे प्रधानन्यायाधीशको शपथ

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार अपराह्न ४ बजे राष्ट्रपति निवास शीतल निवासमा शपथ लिइन लागिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार अपराह्न ४ बजेका लागि शपथको तयारी भएको हो । त्यसका लागि मंगलबार बिहानैबाट चिठी पठाउने लगायतको काम हुने भट्टराईले बताइन् ।
गत साउन १८ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठको भदौ ४ गते सोमबार संसदीय सुनुवाइ भएको थियो । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिमा प्रधानन्यायाधीशमा अनुमोदित भएपछि सोमबार नै संवैधानिक परिषद्ले सो को जानकारी राष्ट्रपति कार्यालयलाई गराएपछि राष्ट्रपतिबाट सोमबार साँझ नै श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु
-
तीनकुने घटना : राज्यविरुद्ध कसुरमा २४ जनालाई थप सात दिन म्याद थप
-
घाइते पत्रकार कार्कीको निःशुल्क उपचार गरी दोषीमाथि कारबाही गरियोस् – प्रेस सेन्टर
-
पारिवारिक दुस्मनीमा बालकको हत्या : टिकटक बनाउन बोलाए, गोली हानेर मारे
-
दुई आयोगको अध्यक्ष र सदस्यको सर्ट लिस्टमा को को परे ? (सूचीसहित)
-
प्रहरीले दमन गरेपछि आन्दोलनलाई थप सशक्त बनाउने नेपाल शिक्षक महासङ्घको निर्णय