शंकर पोखरेल भन्छन्– अब त अति भयो !

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा सत्ता गठबन्धनले विश्वासको मत लिने सन्दर्भमा संविधानको उल्लंघन गरेर हुर्मत लिने काम गरेको बताएका छन् । उनले सभामुखको आशनमा रहेको व्यक्तिले मतदानको प्रकृया सुरु गरेर अध्यक्षताको आसन परिवर्तन गर्ने र मतदान गर्ने काम गरेर संविधानको ठाडो उलंघन गर्ने काम गरेको आरोप समेत लगाएका छन् ।
कोशी प्रदेशमा सोमबार मुख्यमन्त्री उद्दव थापाले सभाध्यक्षको समेत मत लिएर विश्वासको मत लिएपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘जबकी संविधानले बराबरी मत भएको अवस्थामा मात्र सभामुखलाई मतदानको अधिकार दिएको छ ।’
उनले यसरी पटक–पटक संविधानको हुर्मत लिने सत्ता गठवन्धनले संविधान रक्षाको दाबी गर्नु ‘सौ चुहे खाकर बिल्ली चली हजको’ भने जस्तै भएको टिप्पणी समेत गरेका छन् । त्यसैले एक स्वरमा ’इनफ इज इनफ’ भन्न आव्हान समेत गरको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा