रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार
आज २०८० भदौ ४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा नाटकीय रुपमा कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ नियुक्त, ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्रीसँग सीआईबीले लियो बयान, बाल सुधारगृहमा रहेका नाबालक बन्दीको मृत्युपछि झडप, नौ जिल्लामा महिला संघको समानान्तर कार्यसमिति घोषणा, प्रचण्ड–ओली फोनवार्ता, नक्कली शरणार्थी प्रकरणको पटाक्षेप गरेका एसएसपीद्वयको सरुवा, समाजवादी मोर्चाको परिपत्र जारी लगायत छन् ।
१. नाटकीय रुपमा कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले नाटकीय रुपमा प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सत्ता पक्षलाई अल्पमतमा पार्ने उद्देश्यले उपसभामुख र आफ्ना केही ज्येष्ठ सदस्यलाई विपक्ष दल एमाले र राप्रपाले प्रदेशसभामा अनुपस्थित गराएपछि सत्ता पक्षले पनि सभाको अध्यक्षता आलोपालो गरी बहुमतको आँकडा पु¥याएको हो । जततउकस्ररधधध।चबतयउबतष्।अयmरकतयचथरघडण्छज्ञद्धरपयकजष्(उचयखष्लअभ
२. प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन् । सोमबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश श्रेष्ठको नाम अनुमोदन गरेको थियो । त्यसअघि श्रेष्ठले संसदीय सुनुवाइ समिति बैठकमा आफ्नो कार्ययोजना पेस गर्नुका साथै सांसदहरुको प्रश्नको जवाफ दिएका थिए ।
३. ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्रीसँग सीआईबीले लियो बयान
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले पूर्वप्रधानन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ । अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा रहेको सीआईबीले अन्तिम समयमा दुई पूर्वप्रधानमन्त्रीसँग बयान लिएको हो ।
४. बाल सुधारगृहमा रहेका नाबालक बन्दीको मृत्युपछि झडप
भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा रहेका नाबालक बन्दीको मृत्युको विषयलाई लिएर सोमबार झडप भएको छ । झडपमा १८ सुरक्षाकर्मी र १२ नाबालक बन्दी घाइते भएका छन् ।
५. नौ जिल्लामा महिला संघको समानान्तर कार्यसमिति घोषणा
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघभित्र विवाद बढ्दै गएको छ । महिला संघका अध्यक्ष उषा राउत मिश्रले ९ जिल्लाका अध्यक्ष हटाएपछि नयाँ अध्यक्ष तोकेपछि शेखर कोइराला र गगन थापा पक्षले समानान्तर कार्यसमिति घोषणा गरेको हो ।
६. प्रचण्ड–ओली फोनवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेका छन् । सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे चासो राखेको जवाफमा ओलीले हिजोको तुलनामा आज सञ्चो महसुस भएको बताएको एमाले नेता सुवास नेम्वाङले जनाएका छन् ।
७. नक्कली शरणार्थी प्रकरणको पटाक्षेप गरेका एसएसपीद्वयको सरुवा
नक्कली शरणार्थी प्रकरणको ‘पटाक्षेप’ गरेका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसी र दानबहादुर कार्कीलाई गृहमन्त्रीले सरुवा गरेका छन् । प्रहरी महानिरीक्षक वसन्त कुँवरको प्रस्तावमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. केसी र काठमाडौँ प्रहरी प्रमुख दानबहादुर कार्कीलाई सरुवा गरेका हुन् ।
८. समाजवादी मोर्चाको परिपत्र जारी
सत्तारूढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर बनेको समाजवादी मोर्चाले ७७ वटै जिल्लामा संयुक्त समन्वय समिति गठन गर्ने भएको छ । प्रदेश समन्वय समितिमा पार्टीको प्रदेश प्रमुखसहित ३/३ जना चार दलबाट प्रतिनिधित्व हुने गरी गठन गर्ने गरी मोर्चाले आ–आफ्नो पार्टीमार्फत विशेष परिपत्र पठाएको स्रोतले जनाएको छ ।
९. कारागारभित्र कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध मुद्दा
संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार कैदी सहितका १२ जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो ।
१०. भ्रष्टाचार प्रकरणलाई राप्रपाले जनस्तरमा लैजाने
राप्रपाले भ्रष्टाचार प्रकरणहरुलाई जनस्तरमा लैजाने र त्यसका लागि तल्लो कमिटीसम्मलाई परिचालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, क्विन्टल सुन प्रकरण जस्ता भ्रष्टाचारका प्रकरणहरुलाई जनस्तरमा लैजाने र यसका लागि तल्लो कमिटीसम्मलाई परिचालन गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म