सरकारको स्थायित्वका लागि मैले पद त्याग गरे : पूर्वमन्त्री मोदी

काठमाडौँ । पूर्वमन्त्री अमनलाल मोदीले सरकारको स्थायीत्वका लागि आफूले पद त्याग गरेको बताएका छन् । काठमाडौँमा थारु समुदायले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री मोदीले यस्तो बताएका हुन् । पछिल्लो समय सहजै पद त्याग गर्ने परिपाटी हराउँदै गएको बताउँदै उनले भने, ‘अहिले हराउँदै गएको त्यागको परिपाटीलाई जागृत गराउनका लागि मैले सहजै पद त्याग गरे ।’
सरकारको स्थायित्वलाई ध्यान दिँदै आफूले पद त्याग गरेको उनको भनाई थियो । ‘सरकारको स्थायित्वका लागि कसै न कसैको त्याग आवश्यक थियो, त्यो त्यागको लागि म अगाडि सरे, मैले आफैँले सहज तरिकाले पद छाडेको हुँ’ कार्यक्रमका पूर्ववक्ताहरुले मन्त्रीबाट मोदीलाई फिर्ता बोलाएको प्रति असन्तुष्टि पोखेपछि थप प्रष्ट्याउँदै उनले थपे, ‘सरकार सुशासन कायम गर्ने दिशामा अगाडि बढिरहेको छ, यो कुरा कैयन् राजनीतिक दल र शक्ति केन्द्रलाई चित्त बुझिरहेको छैन । सरकारलाई अप्ठ्यारो पार्ने गतिविधि बढिरहेको छ । सरकारलाई मजबुद बनाउनका लागि प्रधानमन्त्रीलाई सहजता पैदा गराउनका लागि मैले पद त्याग गरेको हुँ ।’
राजनीतिक रुपमा जिम्मेवारी आउने र जाने प्रक्रिया स्वभाविक भएको समेत उनको भनाई थियो । उनले थपे, ‘जसले पदलाई सधैँ रहन्छ भन्ने सोच्छ, त्यो भुल हुन्छ । पदमा रहँदा देश र जनताको पक्षमा काम गरे कि गरेनन्, यो चाहिँ महत्वपूर्ण कुरा हो । मैले मेरो विवेकले भ्याएसम्म देश र जनताकै पक्षमा दूरगामी निर्णयहरु गरेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिनेछ : प्रचण्ड
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
-
५ बजे मन्त्रिपरिषद् बैठक, हटाइएलान् कुलमान ?
-
पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी, भारत र चीनका पर्यटक भित्र्याउने उद्देश्य
-
कृष्णकुमारको १० बुँदामा एकीकृत समाजवादीको समीक्षा (पूर्णपाठ)