संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको बैठक सुरु
काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।
बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । नेकपा एमालेले संसद् अवरुद्ध जारी राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका हुन् । एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।
यसअघि आइतबार बसेको सर्वदलीय बैठकमा संसद् अवरुद्ध हटाउन सबै दल सकारात्मक भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर सहमतिमा पुग्ने नेताहरुले बताएका थिए । ओली स्वास्थ्यमा समस्या आएको भन्दै आइतबारको बैठकमा सहभागी भएका थिएनन् । सोमबारको बैठकमा संसद्को अवरुद्ध हटाउने विषयमा सबै दल सहमति हुने नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बा होस् कि मामा होस्‚ नयाँ होस् कि पुरानो दोषीले दण्ड पाउँछ : महामन्त्री थापा
-
दैलेखमा भूकम्पको धक्का
-
सहायताको बदलामा युक्रेनबाट दुलर्भ खनिज चाहन्छन् ट्रम्प
-
कांग्रेसभित्र संघ–प्रदेश पश्चात् स्थानीय तहको निर्वाचन गर्नुपर्ने मत
-
अधिकार प्राप्तिका लागि प्रदेशले संघ सरकारसँग संघर्ष गरिरहेको छ : मुख्यमन्त्री पाण्डे
-
फिल्म ‘पहाड’को छायाङ्कन गोर्खाबाट सुरु