सशस्त्र प्रहरीका २ डीआईजी र १० एसएसीको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बलका दुईजना नायव महानिरिक्षक (डीआईजी) र १० जना बरिष्ठ उपरिक्षक (एसएसपी) हरुलाई सरुवा गरिएको छ । सोमबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्रका उच्च अधिकृतहरुको सरुवा गरेका हुन् ।
डीआईजी कमल गिरीलाई प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । उनी सशस्त्रको मुख्यालय स्थित कार्य विभागमा कार्यरत थिए । अभिकुमार खत्रीलाई विन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा सरुवा गरिएको छ । खत्री प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।
एसएसपी बिनोदराज श्रेष्ठलाई राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलाली, प्रवीण कँडेललाई जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भुपेन्द्र केसीलाई सशस्त्रको मुख्यालय स्थित मानव स्रोत विभागमा सरुवा गरिएको छ ।
एसएसपी कमलप्रसाद तिउसिनालाई प्रशिक्षण प्रतिष्ठानबाट पाथिभरा जवान तालिम शिक्षालय झापा, नीरकृष्ण अधिकारीलाई बडीमालिका जवान तालिम शिक्षालय कैलाली, किरण बस्नेतलाई कार्य विभाग, उद्दवबहादुर न्यौपानेलाई पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्ग र किरण ढुंगानालाई सशसस्त्रको मुख्यालय स्थित सीमा सुरक्षा विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव
-
‘के घर के डेरा : घर नं २’ को टिजरमा प्रेम, वियोग र मानसिक यातना
-
५ वर्ष सामाजिक सुरक्षा भत्ता नबढाउन सरकारलाई सुझाव
-
सुमित्राले जितिन् ब्युटिसियन ट्यालेन्ट नेपालको ताज
-
भन्सारमा हुने चोरी पैठारी रोक्न करमाथि पुनर्मुल्याङ्कन गर्न सुझाव
-
गृहमन्त्रीको जवाफ : तीनकुने घटना आपराधिक, आइन्दा यस्तो हुन नदिन सरकार चनाखो छ