ओखलढुंगा–काठमाडौँ पत्रकार समाज गठन
![ओखलढुंगा–काठमाडौँ पत्रकार समाज गठन](https://npcdn.ratopati.com/media/news/okhaldhunga_tkSPcCpY6o.jpg)
काठमाडौँ । ओखलढुंगा घर भई काठमाडौँ उपत्यकाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूबीच आयोजित भेला सम्पन्न भएका छ ।
भेलाले ओखलढुंगाबाट राजधानी आएर सञ्चारमाध्यममा कार्यरत पत्रकारबीच समन्वय गर्ने उद्देश्यले चेतनाथ धमलाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समिति सदस्यमा मनोज भट्टराई, जानुका बराल ,युवराज पहाडी ,जीवन शर्मा, टीकादास श्रेष्ठ र शिव विक 'मिलन' रहेका छन् । ओखलढुंगा र काठमाडौँका सञ्चारमाध्यमबीच सम्पर्क सेतुको काम गर्दै समग्र पत्रकारिताको उन्नायनबारे भेलामा छलफल भएका थियो ।
भेलामा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, प्रेस काउन्सिल नेपालका पूर्व कार्यबहाक अध्यक्ष तथा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बाला अधिकारी, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष सलोजा दाहाल, गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक तुलसीहरि कोइराला, ओखलढुंगा-काठमाडौँ पत्रकार समाज म्यासेन्जर ग्रुपका एडमिन मनोज भट्टराई, न्युज एजेन्सी नेपालका प्रबन्ध निर्देशक तथा समाचार संयोजक सबिन धमला, तुलसीहरि कोइराला, विनोद दाहाल 'वत्स' , सलोजा दाहाल ,नारायण घिमिरे, सविन धमला, युवराज पहाडी, टिकादास श्रेष्ठ, रामनाथ घिमिरे, लोचन खतिवडा ,सरोज ढुंगेल, नवीन धमला, सुमन निरौला, मनोज भट्टराई, जीवन शर्मा र गोविन्द गिरीलगायतले आ-आफ्नो विचार व्यक्त गरेका थिए ।
यसैक्रममा मदन कोइराला, श्याम राई, पुण्यराज पुडासैनी र चित्र वाग्लेको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान
-
डेनमार्क बन्यो विश्वकै कम भ्रष्टाचार हुने देश (सूचीसहित)
-
सुडान बन्यो विश्वकै भ्रष्टाचार हुने देश, नेपाल १०७ औँ स्थानमा
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !