नाबालक बन्दी फरार प्रकरण
रानीपोखरीबाट दुईजना एसएसपीसहितको प्रहरी टोली घटनास्थलमा
सोमबार, ०४ भदौ २०८०, १६ : ४१

काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट २ सय २१ जना नाबालक बन्दीहरु भागेपछि सो क्षेत्रमा दुईजना एसएसपीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ । बाल सुधार गृहमा थुनामा रहेका १८ वर्षीय कमल बस्नेतको मृत्युको विषयमा झडप हुँदा नाबालक बन्दी भागेका हुन् ।
घटनास्थलमा उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसएसपीहरु दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।
उपत्यका प्रहरी कार्यालयबाट दुईजना एसएसपी र एकजना एसपीसहितको टिम घटनास्थलमा पठाएको उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणी आचार्यले रातोपाटीलाई बताए ।
फरार भएका २२१ जना जना नाबालक बन्दीको खोजी भइरहेको डीआईजी आचार्यले जानकारी दिए । उनले भने–‘ललितपुर र भक्तपुरबाट थप प्रहरी परिचालन गरिएको छ, फरार नाबालक बन्दीहरुको खोजी हुँदै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै