वर्षाले भनिन्, ‘ऐँचो पैँचो टिमसँग मनमुटाब छैन’
काठमाडौँ । अभिनेत्री वर्षा राउतबारे विभिन्न गसिपहरु आइरहन्छन् । पछिल्लो समय फिल्म ‘ऐँचो पैँचो’ युनिटसँग उनको मनमुटाब बढेको चर्चा चल्न थालेको छ ।
‘ऐँचो पैँचो’मा उनको केही भूमिका काटिएको खबर समेत मिडियामा छायो । फिल्मको ट्रेलरमा पनि अन्य कलाकारको तुलनामा उनको उपस्थिति सामान्य देखियो । यति मात्र होइन, फिल्मको ट्रेलर रिलिज कार्यक्रममा समेत उनी अनुपस्थित रहिन् ।
कार्यक्रममा उनी सहभागी नहुनु फिल्मको टिमसँग उनको असन्तुष्टि हो कि भन्ने खालका प्रश्न समेत मिडियामा उठे । फिल्मको ट्रेलरमा वर्षालाई धेरै स्थान दिइएको छैन । यसैले, पनि उनी फिल्मको टिमसँग असन्तुष्ट रहेको खबर सार्वजनिक भइरहे ।
अभिनेत्री वर्षाले भने ‘ऐँचो पैँचो’ टिमसँग आफ्नो कुनै असन्तुष्टि नरहेको बताएकी छन् । फिल्मको प्रचार प्रसारको सिलसिलामा मिडियासँग साक्षात्कार गरेकी वर्षाले फिल्मको टिमसँग कुनै पनि खालको चित्त दुखाई नरहेको प्रस्ट पारेकी हुन् ।
‘फिल्मको ट्रेलरमा कुन कलाकारलाई कति स्थान दिने भन्ने निर्देशकको जिम्मेवारी हो’, वर्षाले भनिन् ‘मेरो भूमिका काटेको विषयको हल्ला मात्र हो ।’
‘सुटिङको क्रममा मेरो भूमिका काटिएको थियो भने फिल्मको प्रचारमै सहभागी हुन्नथ्येँ होला’, उनले थपिन् ‘ मलाई त निर्देशक कृषा चौलागाईंले अझै केही दृश्य खिच्न आग्रह गरिरहनुभएको छ । तर, मैले नै अब त भयो भनेर भनेकी छु ।’
अभिनेत्री वर्षाले ‘ऐँचो पैँचो’ केही समयको अन्तरालपछि आफ्नो फिल्म आउन लागेकोले यसका लागि आफू उत्साहित रहेको समेत बताइन् ।
फिल्म ‘ऐँचो पैँचो’ भदौ १४ गतेबाट रिलिज हुँदै छ । फिल्मको प्रचार सामाग्रीमा निर्देशक कृषा चौलागाईंले वर्षालाई भन्दा बढी अभिनेत्री स्वस्तिमा खड्कालाई ध्यान दिएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
कांग्रेसद्वारा अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन
-
देश विकास सरकारको प्रमुख लक्ष्य हो : मन्त्री पाण्डे
-
६ महिनामा १० करोड बराबरको अचार १० मुलुकमा निर्यात
-
सिराहामा ४५ हजार किशोरीलाई एचभीपी खोप लगाइँदै
-
मेलवादेवी गुरुङ : गीत रेकर्ड गराउने प्रथम नेपाली महिला