सन्नी देओलको घरको लिलामी नहुने, बैंकले निकाल्यो सूचना

अभिनेता तथा भाजपा सांसद सन्नी देओलको मुम्बईस्थित जुहू बङ्गलाको लिलामी सूचना फिर्ता लिइएको छ । सोमबार बैंक अफ बडोदाले एक पत्रिकामा विज्ञप्ति जारी गरी सूचना फिर्ता लिएको बारेमा जानकारी गराएको छ ।
यसअघि बैंकले ५६ करोड ऋण ई–लिलामीमार्फत असुली गर्न सूचना जारी गरेको थियो । यो लिलामी अगस्ट २५ मा हुने तयारीमा थियो ।
बैंकले पञ्जाबको गुरदासपुरका सांसद सन्नी देओलले डिसेम्बर २०२२ देखि बैंक अफ बडोदाको ५५.९९ करोड भारुको ऋण तिर्न नसकेकोले यो सम्पत्ति ई–लिलामी गरिने बताएको थियो ।
बैंकले आफ्नो नयाँ विज्ञप्तिमा ‘अजय सिंह देवल उर्फ सन्नी देओल’ को सम्पत्तिको ई–लिलामीको सूचना प्राविधिक कारणले फिर्ता लिइएको जनाएको छ ।
कांग्रेस नेता जयराम रमेशले बैंकको यो बदलिएको निर्णयप्रति प्रतिक्रिया दिँदै भनेका छन्, ‘हिजो दिउँसो देशलाई थाहा भयो कि बैंक अफ बडोदाले भाजपा सांसद सन्नी देओलको जुहुस्थित घरको ई–लिलामीको सूचना दियो, किनकि उनले बैंकलाई ५६ करोड भारु तिरेनन् । आज बिहान, २४ घण्टा भित्र, राष्ट्रले थाहा पाएको छ कि बैंक अफ बडोदाले ‘प्राविधिक’ कारणले गर्दा आफ्नो लिलामी सूचना फिर्ता लिएको छ । यो ‘प्राविधिक’ समस्या कसका कारण आयो, त्यो सोचमग्न कुरा हो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
झापा पुगेर प्रचण्डको ओली लक्षित टिप्पणी– हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो
-
सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
-
चम्किला ज्याकेट लगाएका मान्छेको सडकमा आतंक
-
माछापुच्छ्रेमा क्रसरले तिरेनन् ४९ करोड, पालिकामा रेकर्ड न राजश्व
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी