सीआईबीलाई बयान दिएपछि बाबुरामले भने– आफ्नो कर्तव्य निर्वाह गरेको छु

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा सीआईबीलाई बयान दिएका छन् । आफू प्रधानमन्त्री हुँदा यो प्रकरणमा मन्त्रीपरिषद्ले गरेका निर्णयका सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्य तथ्य जानकारी सीआईबीलाई गराएको भट्टराईको भनाइ छ ।
‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो शुरू देखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु’, भट्टराईले ट्वीटरमा लेखेका छन् ।
उनले यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थान बिन्दु बनोस् भन्ने कामना पनि गरेका छन् ।
सीआईबीको टोलीले पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईसँग उनैको निवासमा पुगेर बयान लिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होस्टेल ३’ काे ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल
-
अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य
-
६३ जना एसपीको सरूवा, को कहाँ ? (सूचीसहित)
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा