सोमबार परेको नागपञ्चमीको महत्त्व र कालसर्प दोषको भ्रम
मानव जीवनलाई उत्साहित र उल्लासमय बनाइराख्न सनातन परम्परामा विभिन्न चाडपर्वको व्यवस्था गरिएको छ । श्रावण शुक्ल पञ्चमीदेखि हाम्रो संस्कृति र परम्परा अनुसारका चाडपर्वको सुरुवात भएको मानिन्छ । हिन्दू पञ्चाङ्गमा नागपञ्चमीलाई पर्वका रूपमा उल्लेख छ । परम्परा र संस्कृतिलाई प्रकृतिसँग जोडेर पर्वका रूपमा मनाउने उत्कृष्ट प्रचलनले सनातन पद्धतिलाई मानव जीवनोपयोगी बनाइरहेको छ । नागपञ्चमीका दिन घर–घरमा नागको पूजा गर्ने र नागको तस्बिर टाँस्ने गरिन्छ ।
नागपञ्चमी र भगवान् शिवको अन्योन्याश्रित सम्बन्ध रहेको छ । यही कारण नाग पूजन साउनमा गरिन्छ । यस दिन नागको पूजा गरियो भने भगवान शिवजी प्रशन्न हुन्छन् भन्ने मान्यता छ । शुक्ल पक्षको पञ्चमीका दिन नागको पूजा गर्दा समस्त जीवनमा नागको दोष शमन हुने समेत वैदिक मान्यता छ । यस वर्ष नागपञ्चमी सोमबार नै पर्नुले अर्को उत्तम योग सिर्जना गरेको छ । सोमबार यसै पनि भगवान् शिवको बार अर्थात् चन्द्रमाको बार मानिन्छ । शिवजीको शिरमा रहेका चन्द्रमाको बारमा शिवजीको गलामा रहेका नागराजको पूजा गर्न पाउनु र पञ्चमी समेत जुर्नु अर्को सकारात्मक योग हो ।
नागपञ्चमी सोमबार नै पर्नुले अर्को उत्तम योग सिर्जना गरेको छ । सोमबार यसै पनि भगवान् शिवको बार अर्थात् चन्द्रमाको बार मानिन्छ । शिवजीको शिरमा रहेका चन्द्रमाको बारमा शिवजीको गलामा रहेका नागराजको पूजा गर्न पाउनु र पञ्चमी समेत जुर्नु अर्को सकारात्मक योग हो ।
नाग देवतालाई हामीले वर्षाका देवता मान्ने गरिन्छ । नागले पानी पार्छन् भन्ने हाम्रो मान्यता अनुसार उनको पूजा–अर्चनालाई प्रकृतिको पूजाका रूपमा पनि लिन सकिन्छ । नेपाली चाडपर्वहरूको परम्पराको रमाइलो पक्ष प्रकृतिका समस्त पक्षको आराधना र सम्मान पनि हो । नागलाई विषालु सर्पका रूपमा पनि लिइन्छ । यसको अर्थ सर्प मानव जीवनका लागि विषालु नभई प्रकृतिमा भएको विषालु पदार्थ आफूले ग्रहण गरी मानव लगायत जीवको रक्षा गर्नु पनि हो । प्रकृतिको सन्तुलनका लागि नागको महत्त्वपूर्ण भूमिका हुने हुनाले नाग पञ्चमीको दिनलाई विशेष पर्वका रूपमा मनाउनु सबैका लागि हितकर हुन्छ ।
नागपञ्चमीका दिन नागको उत्तम विधिका साथ पूजा गरी घरको मुख्यद्वारमा स्थापित गर्दा अष्ट नाग या पञ्चमुखी नागको चित्रलाई बढी महत्त्व दिने गरिएको पाइन्छ । चामल, बेसार, चन्दन, अक्षता, दूध, जल तथा फूलले पूजा गरी गाईको गोबरमा दुबो लगाएर ढोकामा स्थापित गर्नुपर्छ । जन्म कुण्डलीमा नागको दोष देखिएमा यसै दिन पूजा तथा मन्त्र जप गर्दा लाभ हुने मान्यता छ । नाग देवताको यस मन्त्र ‘ॐ नमोस्तु सर्पेभ्यो ये के च पृथिवीमनु ये अन्तरिक्षे ये दिवि तेभ्यः सर्पेभ्यो नमः’ लाई जप गर्दा समस्त समस्या समाधान हुने सनातनीय मान्यता छ ।
नाग देवताले हाम्रो जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव दिने गर्छन् । ज्योतिषीय मान्यता अनुसार राहु र केतुलाई नागको मुख र पुच्छरका रूपमा लिइने गरिन्छ । राहु र केतुका मध्यमा सबै ग्रह बसेमा कुण्डलीमा नागदोष रहेको भन्ने मान्यता छ, तर पछिल्लो समयमा यही कुरालाई लिएर कालसर्पका नाममा मानिसलाई डर देखाउने र महँगो तथा खर्चिलो पूजा गराएर दुःख दिने प्रवृत्ति बढेको छ ।
राहु र केतुका मध्यमा सबै ग्रह बसेमा कुण्डलीमा नागदोष रहेको भन्ने मान्यता छ, तर पछिल्लो समयमा यही कुरालाई लिएर कालसर्पका नाममा मानिसलाई डर देखाउने र महँगो तथा खर्चिलो पूजा गराएर दुःख दिने प्रवृत्ति बढेको छ ।
ज्योतिषशास्त्रका नाममा जातकलाई तर्र्साएर आफूले आयआर्जन गर्ने प्रवृत्तिको विकास भइरहेको छ । विभिन्न स्थानमा कालसर्प दोष निवारण भन्दै यस्ता पूजा भइरहेका छन् । यसले सनातन धर्ममाथि नकारात्मक असर परिरहेको छ । सर्वसाधारणले कालसर्प दोषका नाममा अनावश्यक खर्च गरेर पूजा गराउनुको साटो आफैँले नागको पूजा र नाग गायत्री ‘ॐ नवकुलाय विदमहे विषदन्ताय धीमहि तन्नो सर्प प्रचोदयात’ को नियमित जप गर्दा राम्रो हुन्छ ।
कालसर्प दोष नहुने र यो केवल ठगी भएको नेपाल पञ्चांग निर्णायक विकास समिति, नेपाल ज्योतिष परिषद, दक्षिण एसियाली ज्योतिष महासंघ र विश्व ज्योतिष महासंघ समेतले बताइसकेका छन् । तसर्थ कालसर्प दोषको भ्रममा पार्ने प्रवृत्तिको विरोध गर्न जरुरी छ ।
(लेखक ज्ञवाली दक्षिण एसियाली ज्योतिष महासंघका कार्यवाहक महासचिव हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
-
कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा
-
अक्षयको खुलासा - मलाई भुल भुलैयाबाट निकालिएको थियो
-
आफूलाई अस्पताल पुर्याउने अटो रिक्सा चालकलाई भेटे सैफले
-
वामदेवलाई तत्काल पार्टीमा नल्याउने ‘एमाले नीति’, विद्याबारे मौन
-
असोजका बाढीपीडितले अहिले पाए राहत सामग्री