शम्भुजित बास्कोटा आलोक सुरज स्मृति पुरस्कारबाट पुरस्कृत

काठमाडौँ । आलोक सुरज स्मृति पुरस्कार २०८० बाट अग्रज सङ्गीतकार शम्भुजित बास्कोटा पुरस्कृत भएका छन् । नेपाल म्युजिक भिडियो निर्देशक समाजले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा आइतबार काठमाडौँमा आयोजित एक समारोहबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले ११ हजार १११ रुपैयाँ सहितको सो पुरस्कार बास्कोटालाई प्रदान गरे ।
नेपालमा पहिलो म्युजिक भिडियोको निर्देशन गरेर म्युजिक भिडियोको यात्रा शुभारम्भ गर्दै नेपाली गीत संगीत र म्युजिक भिडियोको विकाशमा अतुलनीय योगदान दिएको भन्दै बास्कोटालाई पुरस्कार प्रदान गरिएको हो ।
गीत संगीत र म्युजिक भिडियो क्षेत्रमा योगदान दिएको भन्दै समारोहमा विशेष सम्मानबाट वरिष्ठ लोकगायक प्रेमराजा महत, वरिष्ठ म्युजिक भिडियो सम्पादक प्रकाश तुलाधर, वरिष्ठ म्युजिक भिडियो छायांकार धिरजजङ्ग शाह, वरिष्ठ म्युजिक भिडियो निर्देशक शंकर बिसी र वरिष्ठ म्युजिक भिडियो महिला निर्देशक अनुपा श्रेष्ठ, गायक आनन्द कार्की, गायक यस कुमार, गायिकाहरू जुनु रिजाल, प्रश्ना शाक्य, गीतकार प्रकाश सुवेदी लगायतलाई पनि कार्यक्रममा सम्मानित गरियो ।
वरिष्ठ म्युजिक भिडियो तथा चलचित्र निर्देशक तथा प्रतिनिधिसभा सांसद असिम शाहलाई मानार्थ सदस्य सम्मानबाट सम्मानित गरियो । यस्तै गीत संगीत र म्युजिक भिडियोमा योगदान दिएको भन्दै अभिनेताहरू तेज गिरी, सागर लम्साल बले, दुर्गेश थापा, सङ्गीतकार ओम सुनारलाई कार्यक्रममा समाजको मानार्थ सदस्यता प्रदान गरियो ।
कार्यक्रममा आनन्द कार्की, यसकुमार, प्राश्ना शाक्य, जुनु रिजाल काफ्ले, र रामजी खाँडले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेर दर्शकलाई नचाए । कार्यक्रममा मन्त्री किराँतीले नेपाली सङ्गीतमा शम्भुजित बास्कोटाको योगदानको चर्चा जति गरे पनि कम हुने बताए । यस्ता मूर्धन्य संगीतकारलाई पुरस्कृत गर्न पाउँदा खुसी लागेको भनाई उनको थियो ।
समाजका महासचिव सुब्रत आचार्यले नेपाली म्युजिक भिडियोमा योगदान दिएको श्रष्टाहरुको नामबाट पुरस्कार स्थापना गरेर नेपाली पहिलो म्युजिक भिडियो निर्देशक शम्भुजीत बास्कोटालाई पुरस्कृत गर्दै यो पुरस्कारको परम्परा सुरु गरेको बताए । उनले अन्य सम्मानित श्रष्टाको योगदानको पनि चर्चा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीको रेल सपना र वास्तविकता
-
सूचना टाँसेर ४ बजेका लागि सारियो प्रतिनिधिसभा
-
प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्छः विश्वप्रकाश शर्मा
-
३२.२४ अंकले सेयर बजार बढ्यो, कारोबार साढे ७ अर्बभन्दा माथि
-
जनकपुरमा झडप, प्रहरीद्वारा दर्जनौँ सेल अश्रुग्यास प्रहार
-
यी कारणले विपक्षीसँग गले प्रधानमन्त्री ओली