मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु
आइतबार, ०३ भदौ २०८०, २१ : ३३
बागमती । मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु भएको छ । आज अपराह्न मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित मनहरि खोलाले बगाउँदा सोही ठाउँका सुमनसिंह स्याङतानकी चार वर्षीय छोरी प्रमिसा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथीहरूसँग पौडी खेल्न गएकी प्रमिसालाई खोलाले बगाई मृत्यु भएको भनी स्थानीयवासीले खबर गरेपछि स्थानीय प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा प्रहरी गई घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबारदेखि पठनपाठन हुने वातावरण बन्छ : सत्ता गठबन्धन
-
विदेशी विद्यार्थीको कानुनी मान्यता अन्त्य गर्ने यस्तो छ ट्रम्प प्रशासनको योजना
-
रेशम चौधरी पक्राउ
-
असल र सफल मानिस बन्ने ९ सूत्र
-
बलिङ सल्लाहकारका रुपमा इङ्ल्यान्डको टोलीसँग जोडिँदै न्युजिल्यान्डका टिम साउथी
-
अक्षय तृतीया : दर्शनार्थीका लागि डोलेश्वरमा चारै ढोका खुल्ला