श्रीलंकामा खडेरीका कारण बालीनालीमा क्षति, धानको अभाव नहुने
आइतबार, ०३ भदौ २०८०, २१ : ३२

कोलम्बो । सुख्खा मौसमका कारण हालको बालीमा परेको असरका बाबजुद श्रीलंकाले आगामी खेतीको मौसम नआउन्जेल धानको अभाव हुन सक्ने सम्भावनालाई नकारेको छ ।
कृषिमन्त्री महिन्दा अमरवीरालाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ,'चालू मौसममा पाँच लाख तीन हजार हेक्टर जमिनमा धान खेती गरिएको छ, जसमध्ये केही बाली खडेरीबाट प्रभावित भएका छन् ।'
गत वर्ष रोपाइँको मौसममा राम्रो रोपाइँ भएकाले एक वर्ष धानको अभाव नहुने उनले बताए ।
श्रीलङ्काको मौसम विज्ञान विभागले सेप्टेम्बरको अन्त्यसम्म सुख्खा याम जारी रहने पूर्वानुमान गरेको छ ।
श्रीलङ्काको मुख्य भोजन धान हो र दक्षिण एसियाली यस देशमा वर्षमा दुई मौसममा धान खेती गरिन्छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
जीवनराम श्रेष्ठको नेतृत्वलाई आइओसीले दियो मान्यता
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनीतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन