गदर–२ ले करोडौँ कमाइ गरिरहँदा सनी देओलको घर लिलामीमा !

मुम्बई । बलिउड अभिनेता सनी देओल आफ्नो फिल्म गदर २ को कमाइलाई लिएर चर्चामा छन् । यो फिल्मले ३ सय करोड भारतीय रुपैयाँको आँकडा पार गरिसकेको छ ।
यसैबीच सनी अर्को खबरले चर्चामा छन् । बैंक अफ बडोदाले मुम्बईमा रहेको उनको जुहू बंगलाको लिलामीको तयारी गरिरहेको छ । यसको मिति पनि तय भइसकेको छ ।
रिपोर्टका अनुसार सन्नी देओलले बैंकबाट ऋण लिएका थिए । त्यसको असुलीका लागि बैंकले सम्पत्ति लिलामीका लागि राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन दिएको छ । सनी माथि बैंकको करिब ५६ करोड ऋण छ ।
अखबारको विज्ञापनमा सनी देओलको नाम अजय सिंह देओल राखिएको छ र उनको बंगला सन्नी भिल्ला र ऋणको विवरण दिइएको छ । उनका भाइ बबी देओल (विजय सिंह देओल) र बुबा धर्मेन्द्र ऋण लिन ग्यारेन्टर बनेका थिए । सनी देओलको कम्पनी सन्नी सुपर साउन्ड लिमिटेड उनको ऋणको कर्पोरेट ग्यारेन्टी हो।
सनी देओलको बंगला 'सनी भिल्ला' गान्धीग्राम रोड, जुहूमा अवस्थित छ। बंगलाको जग्गा ५९९.४४ वर्ग मिटर छ । यस बंगलाको लिलामी सेप्टेम्बर २५ मा हुनेछ र सम्पत्तीको आरक्षित मूल्य 51.43 करोड राखिएको छ।
विज्ञापनमा लिलामीको दिन अघि ऋणी (सनी देओल) ले बक्यौता रकम तिरेर सम्पत्ति पुन: प्राप्ति गर्न सक्ने लेखिएको छ । सनीका प्रतिनिधिले यस सम्पूर्ण मामिलामा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी यो मुद्दा सुल्झाउने प्रक्रियामा छौँ । यो समस्या समाधान हुनेछ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण टोली प्रतिनिधि प्रधानमन्त्री भेट्न बालुवाटारमा
-
पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी : तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
-
परराष्ट्रमन्त्री देउवा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
-
‘पहिला पानीजहाजलाई लिएर धेरै उडाइयो, अहिले आवश्यकता महसुस भएको छ’
-
स्थानीय तह समन्वय विभागमा १० जना मनोनीत (सूचीसहित)
-
३१ विधामा अवार्ड प्रदान गर्दै १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न