एमालेविरुद्ध चौतर्फी घेराबन्दी भयो : सचिव अर्याल
आइतबार, ०३ भदौ २०८०, २१ : ००

बुटवल । नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भएको बताएकी छन् । उनले एमालेविरुद्धको घेराबन्दी तोड्न सबै कमिटीलाई चलायमान बनाएर अगाडि बढ्नुपर्ने बताएकी हुन् ।
बुटवालमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै अर्यालले आफूले प्रदेशको जिम्मेवारी लिएर आएपछि सबै जिल्ला कमिटीलाई चलायमान बनाएको बताइन् । उनले जिल्लाबाट सदस्यता नवीकरणको काम आफूले सुरु गरेको र प्रदेश अधिवेशन पनि आफूले नै सुरुमा गर्न लागेको बताइन् ।
अर्यालले प्रदेश अधिवेशनबाट सहमतिमै नयाँ नेतृत्व छनौट गर्ने बताइन् । उनले प्रदेश कमिटीको प्रतिनिधिमा समावेशी सहभागिता र युवा सहभागितालाई विशेष ध्यान दिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा