करेन्ट लागेर तथा डुबेर सात जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा करेन्ट लागेर तथा डुबेर सात जनाले ज्यान गुमाएका छन् । करेन्ट लागेर तीन तथा डुबेर चार जनाको नेपाल प्रहरीले जानकारी दिएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-१२ सी गाउँ बस्ने ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घरको शौचालयमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी धनगढी उपमहानगरपालिका-१४ डी गाउँ बस्ने पुष्पराज उपाध्यायको छोरा ७ वर्षीय बेद प्रसाद उपाध्यायको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटरको तारमा अचानक छोइन गई करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ पिलुवा बस्ने ३० वर्षीया रेनु तिमिल्सिनाको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै घरको फलामको ढोका लगाउने क्रममा ढोकामाथि रहेको बिजुलीको तार च्यापिएर करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको बयोध्या अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।
डुबेर चार जनाको मृत्यु
यता झापाको भद्रपुर नगरपालिका-५ स्थित देवीबस्ती मेचीखोलामा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-६ भानुनगर बस्ने विनोद महतोको छोरा १३ वर्षीय शिव महतोको शनिबार दिउँसो मृत्यु भएको छ ।
झापाकै गौरादह नगरपालिका-८ भुडेसिम्बल बस्ने ४० वर्षीय टिकाराम ताजपुरीयाको सोही ठाउँस्थित लाल गौरिया खोलामा डुबेर शनिबार मृत्यु भएको छ ।
उता कैलालीको कैलारी गाउँपालिका-९ बनकनरी बस्ने शिशिर चौधरीको छोरा ५ वर्षीय बिजल चौधरीको सोही ठाउँस्थित समाज सुधार सामुदायिक वनमा रहेको पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि स्वास्थ्य चौकी मोहनी बजारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
रौतहटको गुजरा नगरपालिका-८ सिमरा भवानिपुर जयराजपुर बस्ने जोगेन्द्र साहको छोरा ३ वर्षीय कृष्ण साहको घर नजिकै रहेको पानीको खाल्डोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानिय मेडिकल सिमरा भवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत